सभासदद्धारा खेलाडीलाई जनही १ लाख नगद दिने घोषणा
भैरहवा,११ चैत्र ।आईसीसी टि २० वल्र्डकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट टिममा रहेका भैरहवा क्षेत्रका पाँच खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर २ बाट निर्बाचित संबिधान सभा सदस्य दिपक बोहराले पुरस्कार स्वरुप जनही १ लाख रुपैया दिने घोषणा गरेका छन ।
टि २० बिश्वकप क्रिकेटको दोश्रो चरणमा प्रबेश गर्न नसकेपनि प्रारम्भिक चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई बिश्वमाझ चिनाउन सफल खेलाडीहरु लाई पुरस्कार स्वरुप उक्त रकम दिने सभासद बोहराले जानाकारी दिएका छन। रुपन्देहीे बाट शक्ती गौचन,बसन्त रेग्मी,सागर पुन तथा अमृत भटराई र राहुल कुमार बिश्वकर्मा टिममा सहभागी रहेकाले पनि उनिहरुलाई जिल्लाबासी भएको नाताले पुरस्कृत गर्नु आफ्नो दायित्व भएको उनले बताए ।
पुरस्कार बितरण गर्नका लागी क्षेत्रिय क्रिकेट संघ क्षेत्र नम्बर ४ भैरहवा र रुपन्देही क्रिकेट संघले कार्यक्रमको संयोजनको तयारी गरीरहेका छन् ।
सोही कार्यक्रममा सभासद बोहरा द्धारा जनही १ लाख रुपैयाबाट पुरस्कृत गरिने भएको छ ।
पाँचै जना खेलाडी रुपन्देही जिल्लाको क्रिकेट टिमबाट बिभिन्न उमेर समुहमा खेल्दै क्षेत्र नम्बर ४ भैरहवा हुदै राष्ट्रिय टिममा प्रबेश पाएका सफल खेलाडीका रुपमा रहेका छन् । चैत्र महिना भित्र नागरीक स्तरबाटै र्याली सहीत उनिहरुलाई बिशेष सम्मान गर्ने तयारी भैरहेको क्षेत्रिय क्रिकेट संघ क्षेत्र नम्बर ४ भैरहवाका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य अनुप थापाले बताए ।
।

0 comments
तपाईंको प्रतिकृया