Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विद्यार्थीलाई ट्राफिक जनचेतना

बुटवल, ९ चैत ।  विद्यार्थीहरुलाई टफिक जनचेतनामुलक प्रशिक्षण दिईएको छ ।  शिद्धार्थ गौतमवुद्ध क्याम्पसमा अध्ययरत विद्यार्थीहरुलाई ट्रफिक प्रहरीले टफिक सम्वन्धी तालिम दिएको हो ।
नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस ईकाई समितिको आयोजनामा आइतबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि कक्षा ११ का बिहानी समूहका १ सय ३० जना बिद्यार्थीहरुलाई  जनचेतनामुलक प्रशिक्षण दिएको हो ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव  निरिक्षक ज्ञानु पाण्डे र रमेश खरेलले बिद्यार्थिहरुलाइ ट्राफिक नियम, शडक दुर्घटनाको कारण,अबस्था कानुनी ब्यबस्था, भैरहेको अभ्यास लगायतका बिषयमा सहजीकरण गरेका थिए ।
क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले बिद्यार्थिहरुले ट्राफिक नियमका बारेमा आफूले जानेर मात्र  नहुने भन्दै अरुलाइ पनि सिकाउन सकेका दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने उल्लेख गरेको सभापति जगदिश पोखरेलले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया