लुम्बिनीलाई बिश्वमाझ चिनाउन मिडियाको भुमिका: मन्त्री रिजाल
लुम्बिनी २३ फागुन । एसिया जर्नालिष्ट एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा शुक्रवारदेखी गौतम बुद्धको जन्मस्थल लुम्विनीमा अन्तर्राष्ट्रिय संचार तथा शान्ति सम्मेलन शुरु भएको छ । सम्मेलनको एक कार्यक्रम विच सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल उद्घाटन गरे ।
सो अवसरमा उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई बिश्वमाझ चिनाउन संचार माध्यमको भुमिका महत्वपुर्ण बताए । उनले गौतमबुद्धले प्रतिपादित गरेको शान्तिको सन्देश विश्वभर फैलाई लुम्बिनीको सकारात्मक बिकासमा लाग्न सम्पुर्ण सञ्चारकर्मीलाई आग्रह समेत गरे ।
कार्यक्रममा पूर्व संस्कृती तथा पर्यटन मन्त्री दिपकुमार उपाध्यायले लुम्बिनी विश्वका सबै शान्ति प्रेमीहरुको आस्थाको केन्द्र बनाउन मिडीयाले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंलेले शशस्त्र द्धन्द्धको समयमा पनि नेपाली संचार माध्यम विचलित नभई शान्तिको पक्षमा एकजुट भएको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङवो शेर्पाले बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देशलाई विश्वभर फैलाउन संचार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए ।
एसिया जर्नालिष्ट एसोसिएसका अध्यक्ष आईवान लिले लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय शान्ती तथा सञ्चार सम्मेलनले एसियाली देशमा बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तीको सन्देश विश्वसामु लैजाने बताए ।
कर्यक्रममा प्रेस काउन्सीलका अध्यक्ष पूर्ण बहादुर कार्कीले सम्मेलन विश्वभर शान्तिको सन्देश फैलाउन उपलब्धी पूर्ण हुने उल्लेख गरे ।
सम्मेलनमा प्रधानमन्त्री शुशिल कोईरालाले पठाएको लिखित शुभकामना वाचन गरिएको थियो । शुभकामना दिदै प्रधानमन्त्रि कोईराले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र नेपाललाई बिश्वमा परिचत गराउन सम्मेलन सहयोगी हुने जनाएका छन ।
। एसिया जर्नलिष्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष विष्णु निष्ठुरीले गौतम बुद्धको जन्मस्थलका रुपमा विश्वमा परिचित लुम्बिनीको महत्व र गरिमालाई विश्वभर फैलाउने, लुम्बिनीको धार्मिक, सांस्कृतिक महत्व उजागर गर्दै लुम्बिनीलाई विश्वको प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको वताए ।
सम्मेलनमा नेपाल सहित एसियाका ९ राष्ट्का पत्रकारहरुको सहभागिता रहेको छ । तिन दिन सम्म चल्ने सम्मेलनले लुम्विनी घोषणा पत्र समेत जारी गर्ने छ ।

0 comments
तपाईंको प्रतिकृया