Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
युनिटीका अध्यक्षसहित १२ लाई जेल सजाय

काठमाडौं १७ चैत। जिल्ला अदालत ललितपुरले युनिटका अध्यक्ष काशी गुरुङसहित १२ सञ्चालकलाई दोषी ठहर गरेको छ ।
नेटवर्किङ विजनेशका नाममा करोडौं ठगी गरेको भन्दै सरकारले युनिटीलाई बन्द गरेर सञ्चालकहरुलाई पक्राउ गरेको थियो ।  न्यायाधीश टेकनारायण कुँवरको इजलासले गुरुङसहित १२ सञ्चालकलाई ३(३ वर्ष जेल सजाय तोकेको छ । साथै गुरुङलाई १ करोड ६ लाख जरिवाना तोकेको छ ।
 एक सय जनालाई भने सफाइ दिएको छ । युनिटका प्रवन्ध निर्देशक विष्णु क्षेत्री  फरार छन् । युनिटीले पाँच वर्षमा ३ लाख ६८ हजारभन्दा बढीबाट ३ अर्ब ७९ करोड रकम उठाएको थियो ।

0 comments

तपाईंको प्रतिकृया