दूधको मूल्यमा वृद्धि
काठमाण्डौ २८ फागुन । दूग्ध विकास संस्थानले प्रशोधित दूधको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धि पछि स्ट्यान्डर्ड दूधको प्रति लिटर ५६ र फूल क्रिम दूधको मूल्य ६८ रुपैंयाँ पुगेको छ ।
यस अघि प्रतिलिटर ५० र ६० रुपैंयाँ थियो । डीडीसीका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीले बढेको यो मूल्यको ६९ प्रतिशत रकम किसानले पाउने बताएका छन् । उनका अनुसार दूध उत्पादक किसानले प्रतिलिटर ४ रुपैंयाँ १५ पैसा पाउनेछन् भने डीडीसीले १ रुपैंयाँ ८५ पैसा पाउनेछ । यो मूल्यवृद्धि डीडीसीले मात्र सार्वजनिक गरेको हो ।
दूधको लागत मूल्यअनुसार मुनाफा नपाएकोमा दूग्ध उत्पादक किसानहरुले यसअघि आन्दोलन गरेका थिए । उनीहरुले माघ १९ गते तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएको थिएन । सुशील कोइराला नेतृत्वको सरकारले किसानको गुनासो सुनुवाइ गर्ने प्रतिवघता जनाएको थियो ।

0 comments
तपाईंको प्रतिकृया