स्थानिय निकायको निर्वाचन नहुदा भ्रष्टचार र महङ्गी मौलायो: केसी
बुटवल, ८ चैत्र – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले भ्रष्टाचार र महङ्गी नियन्त्रणको लागी स्थानीय निकायको निर्वाचन गर्नु पर्ने बताएका छन । देशमा भ्रष्टाचार र महङ्गी रोक्नका लागि छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नुको अर्को कूनै विकल्प नभएको उनको भनाई छ ।
शनिबार बुटवलमा अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) को तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दे उनले जनतालाई अधिकार दिन स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।
स्थानीय निकाय जनप्रतिनिधि बिहिन भएकाले जनता अधिकारबाट बन्चित हुनुका साथै विकास निमार्णका कामले गति लिन नसकेकाले छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प नभएको उनको भनाई थियो ।
उनले नेपालका मजदुर आन्दोलनलाई कम्युनिष्टको नाममा धोक्का दिइएको बताउँदै सर्वहार वर्गको नाममा सत्तामा गएर मजदुर वर्ग माथी राजनीति गरिए कै कारण मजदुर आन्दोलनपछि परेको र शोषक वर्गले सर्पले जस्तै मन्टो उठाएको बताए । उनले मजदुर वर्गको पक्षमा बोल्ने सरकार र राजनैतिक नेताको अभाव भएको बताए ।
तोकेको समय भित्र संविधान बनाउन जनदबाब आवश्यक रहेको बताउँदै अहिलेको संविधानसभामा जातीवादी, क्षेत्रीयतावादी र राजावादी भएकाले फेरी पनि संविधान नबन्ने खतारा रहेको बताए ।
अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) केन्द्रीय अध्यक्ष नारायण सापकोटा, अखिल छैठौंका उपाध्यक्ष विमल पोखरेल, अखिल नेपाल युवा संघका कोषाध्यक्ष बाबुराम आचार्य, अखिल नेपाल महिला संघकी लक्ष्मी न्यौपाने, जातीय समता समाजका अध्यउक्ष राजेश वि.क, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका शम्भु राई, रक्तिम सांस्कृतिक अभियानका महासचिव रेम रानालगायतले बोल्दै अधिकारका लागि मजदुर एकतामा जोड दिए ।

0 comments
तपाईंको प्रतिकृया