योग तथा स्वास्थ्य शिविर समापन
बुटवल १० चैत– वैदिक धर्म परिषद नेपालको आयोजनामा परिषदको केन्द्रिय कार्यालय शंकरनगर ५ रुपन्देहीमा संचालन गरीएको योग शिविर तथा निशुल्क स्वास्थ्य शिविरको सोमवार समापन गरिएको छ ।
ति शिविरहरु माघ महिनादेखी संचालन गरिएको थियो । शिविरवाट करिव ५ सय जना लाभान्वित भएको वैदिक धर्म परिषद नेपाल रुपन्देही शाखाका अध्यक्ष चुरामणि पाठकले जानकारी दिए । शिविरको एक कार्यक्रमका विच सोमवार शिविर समापन गरिएको हो ।
स्वामी लोकानन्दले शिविर संचालनको लागी सहयोग गर्ने दाता तथा चिकित्सक डा. दीपक धिताल लगायतलाई सम्मान गरेका थिए । सो अवसरमा स्वामी लोकानन्दले योगले मानिसलाई स्वस्थ्य र निरोगी राख्न मदत गर्ने बताए ।
अध्यक्ष चुरामणी पाठकको अध्यक्षतामा भएका कार्यक्रममा परिषदका केन्द्रिय उपाध्यक्ष लोकनाथ खरेल, महासचिव रोमणी प्रसाद पाठक, डा. दीपक धिताल लगायतले वोल्दै खानपानमा ध्यान दिन सकेमा धेरै रोगहरुवाट वन्न सकिने बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया