एमाओवादी र माओवादीवीच दुईबुँदे सहमति
काठमाडौं २९ फागुन। एकीकृत नेकपा माओवादी र नेकपा माओवादीवीच विहीबार दुई बुँदे लिखित सहमति भएको छ । सहमती पत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले हस्ताक्षर गरेका छन ।
सहमति पत्रमा द्वन्द्वकालका मुद्दा नब्युँझाउन र तत्काल स्थानीय निकायको निर्वाचन नगर्न संयुक्तरुपमा माग गरिएको छ ।
सहमति कायम गरी जारी गरिएको संयुक्त वक्तव्यमा ‘गत केही समययता बृहत शान्ति९सम्झौताको मर्म र भावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँझाई हाम्रा नेता तथा कार्यकर्ताहरुलाई दमन९धरपकड गर्ने र कारागारमा राख्ने काम भइरहेको कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उल्लेख गरिएको छ ।
विस्तृत शान्ति९सम्झौता अनुसार सत्य निरुपण तथा वेपत्ता छानविन आयोग बनाएर समस्या समाधान गर्न तदारुकता देखाउनुको सट्टा युद्धकालीन मुद्दा व्यूँताउने कामको भएको भन्दै दुबै माओवादी नेताले विरोध एवम् भत्र्सना गर्ने जनाएका छन् ।

0 comments
तपाईंको प्रतिकृया