ध्यानकर्षण गराउन टोली राजधानीमा
काठमाडौ २५ फागुन । प्रस्तावित मेची महाकाली विद्युतिय रेलमार्ग बुटवल नगरपालिका भन्दा वाहिरवाट लैजान माग सहित सम्वन्धीत मन्त्रालयको ध्यानकर्षण गराउन आईतवार एक टोली राजधानी काठमाडौ आइपुगेको छ ।
बुटवल नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बावुराम गौतमको नेतृत्वमा विभिन्न रानितीक दलका प्रतिनिधी प्रस्तावित रेल्वे पिडित संघर्ष समिती पदाधीकारी तथा सदस्य सहितको टोली भौतिक तथा योजना मन्त्रालय तथा सम्वन्धीत निकायमा ध्यानकर्षण गराउन यहां आएको हो । केही दिन अघि राजनितीक दलका प्रतिनिधी सहितको वैठकले संयुक्त रुपमा डेलिगेशन जाने निर्णय गरेको थियो ।
बुटवल कालिका नगर १२ र १३ का स्थानिय वासीमा माग र राजनितीक दलहरुको निर्णय अनुसार रेलमार्ग विस्तार बुटवल नगरपालिका भन्दा वाहिरवाट लैजान अनुरोधको लागी टोली मन्त्रालयमा जान लागेको कार्यकारी अधिकृत गौतमले जानकारी दिए । उनका अनुसार सोमवार सम्वनधीत मन्त्रालयमा पुगी स्थानिय राजनितीक दल तथा संघर्ष समितीका संयुक्त वैठकले गरेको निर्णय सहितको ध्यानकर्षण पत्र बुझाइने छ ।
सरकारको महत्वकाÔी मेची महाकाली विद्युतिय रेल मार्ग निर्माण प्रोजेक्टमा अन्तर्गत पुर्व मेची देखी पश्चिमको गड्डा चौकी सम्म विद्युुतिय रेलमार्गको लागी प्रकृया शुरु भईसकेको छ । रेल मार्गको ट्याक पुर्व पश्चिम राजमार्ग देखी ३ किलोमिटर देखी ३ सय मिटर सम्म रहने छ । रेल मार्ग ५० मिटर चौडा बताइएको छ ।
सार्वजनिक निजी साझेदारी –थ्रि पि)अवधारण अनुसारको उक्त मेघा प्रोजेक्टका लागी ८ सय अर्व रुपैया लाग्ने अनुमान गरिएको छ । रेल मार्गको लम्वाई १ हजार ३ सय १८ किलो मिटर हुनेछ ।
नागरिक समाजका नेत्रबहादुर पाण्डेले बुटवलका स्थानिय वासिन्दालाई थाहै नदिई गरिएको सर्वक्षणले जनता आतंकित, त्रसित, आक्रोसित र चिन्तत भएको बताए । उक्त क्षेत्रवाट रेलमार्ग तय गर्दा आर्थिक सामाजिक सांस्कृती भौतिक र वातावरणीय क्षेत्रमा समेत गम्भिर नकारात्कम असर पर्ने भएकाले नागरिकको मानवअधिकारको संरक्षण र सवद्र्धन गर्न पनि वैकल्पीक मार्ग तय गनु पर्ने बताए ।
प्रस्तावित रेल्वे पिडित संघर्ष समितीका सचिव नारायण प्रसाद पन्थले बुटवलमा घना वस्ति भएकाले त्यस भन्दा वाहिरवाट लैजाने गरी वैकल्पीक रेल मार्गको लागी अध्ययन गर्न गर्नु बताए । उनले बुटवलमा रेल्वे स्टेशन राख्दा धेरै क्षति हुने वताउदै राजनितिक दलहरुवाटै पहलको अपेक्षा गरेको बताए । यस अघि पनि संघर्ष समितीले सम्वन्धीत मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाएको थियो ।

0 comments
तपाईंको प्रतिकृया