Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पत्रकार महासंघमा पदहस्तान्तरण

बुटवल २१ फागुन– नेपाल पत्रकार महासंघ रुपन्देहीमा पद हस्तान्तरण गरिएको छ ।
महासंघ रुपन्देहीको नवौ अधिवेशनवाट निर्वाचित नया नेतृत्वलाई पद हस्तान्तरण गरिएको थियो । निवर्तमान अध्यक्ष दिपक ज्ञवालीले नव निर्वाचित अध्यक्ष शेरवहादुर केसीलाई पद हस्तान्तरण गरेको थिए । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत वसन्तराज खनालले नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
सनिवार सम्पन्न अधिवेशनबाट १७ सदस्यीय कार्य समिती निर्वाचित भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत मनिकर कार्की, पुर्व अध्यक्ष बालकृष्ण चापागाई, पुर्व अध्यक्ष विनोद पहाडी,  पुर्व अध्यक्ष हरि लम्साल, प्रेस स्वतन्त्र सेनानीहरु अर्जुन ज्ञवाली पं. वावुराम भट्टराई, निवर्तमान अध्यक्ष दीपक ज्ञवाली, प्रेस चौतारीका केन्द्रिय सदस्य भरत केसी, प्रेस युनियनका जिल्ला सभापति विक्रम खड्का लगायतले शुभकामना मन्तव्य गर्दे श्रमजिबी पत्रकारहरुको हकहितको लागि नया निर्बाचित कार्यसमितिले रचनात्मक काम गर्न सुझाव दिएका थिए ।  नबनिर्बाचित अध्यक्ष केसीले निर्बाचनमा सबै पक्षहरुलाई समेटेर लैजाने प्रतिवद्धता जनाएका थिए । 

0 comments

तपाईंको प्रतिकृया