किन हुन्छ सार्वजनिक यातायातमा महिलामाथी दुव्र्यवहार?
सन्जु पौडेल
बुटवल बुटवल नया गाउकी सरिता खनाल बिहान साढे ५ बजेदेखि नयागाउं चोकमा माईक्रो कुरिरहन्छिन्। माईक्रोमा बसमा धकेलिदै बुटवल वहुमखी क्याम्पसमा अध्ययन गर्न आउंछिन् । कहिले बसमा सिट पाईन्छ भने कहिले उभिएरै यात्रा गर्नुपर्छ । दिनहुं जसो यात्रा गर्दा धेरै पटक उभिएर बुटवल आउंदा कतिपय पुरुषहरुले संवेदनशील अंग घोरिएर हेर्ने र छुने गर्दा असजिलो हुन्छ । यस्तै सुख्खानगरकी राधिका क्षेत्री बुटवल वहुमखी क्याम्पसमा अध्ययन गर्छिन् । दैनिकजसो माईक्रो बसमा यात्रा गर्ने उनी, यात्रा गर्ने क्रममा धेरै पटक असुरक्षित भएको महसुस गर्छिन् । ‘क्याम्पस जादा माईक्रोमा सिट नभएर उभिएरै जानु पर्छ उभिने क्रममा पुरुपहरु नियतवस सम्वेदनशील अंगमा छुन्छन् । दुव्र्यवहार हुने गर्छ । ’
राधिका क्षेत्री जस्तै मणिग्रामकी जानकी थापा पनि नियमित रुपमा माईक्रोमा यात्रा गर्छिन् । हिडेने क्रममा अनेक खालका कठिनाई भोगेको अनुभव उनीसग छ । भन्छिन् ‘,महिला सिटमा पुरुषहरु बसिरहेका हुन्छन् उनीहरु म्हिलाका लागि सिट छाड्न तयार हुदैनन् । सिट छोड्न आग्रह गर्दा उल्टै झगडा गर्छन् ।’वुटवलको सि सि टि कलेजमा अध्ययनरत बुटवल बेलवासकी सिर्जना रेग्मी यात्राका क्रममा उभिएर यात्रा गर्दा आफुमाथि पनि र्दुव्यवहार भएको बताउंछिन् । ‘कतिपय पुरुपहरुले नियतवस धकेल्ने र शरीर छुने गर्द्छन् । यस्तो नर्गन आग्रह गर्दा उल्टै आफनै निजी सवारीमा यात्रा गर्न भन्दै धम्क्याउंछन् ।’ उनले गुनासो गरिन् ।
राधिका र जानकी जस्तै महिलाहरु सार्वजनिक सवारीका साधनमा यात्रा गर्दा धेरै असुरक्षीत छन् । अ लामो दूरी र रात्री समयको यात्रामा अझ बढी कठिनाई भोगेको गुनासो पनि महिलाहरुको छ । बसमा महिलाका लागि महिला सिट छुट्याईएको भएतापनि महिलाहरु उभिएरै यात्रा गर्न बाध्य छन् । यसले माईक्रोमा महिला सिट देखाउनका लागि मात्रै लेखिएको देखिन्छ । कतिपयमा साधनका चालक र सह चालक वाट पनि महिलाहरु असुरक्षित हुने गरेका छन् । त्यसको उदाहरण गत वर्ष बुटवलको नेपालगन्ज रोडमा रोल्पाकी एक महिला माथि गाडी चालक र सहचालकले गरेको यौन शोषण हो ।
यता बुटवल काठमाडौ गुड्ने सवारि साधन चालक शोभाखर भट्राई भने कतिपय अवस्थामा महिलाहरु आफै पनि चालक र सहचालकसंग जिस्किने कारणले पनि अप्रिय घटनाहरु हुने बताउंछन् । सबै महिलाहरु त्यस्तो प्रवृत्तिका नभए पनि केही महिलाका कारण समग्र महिलाहरुलाई अफ्ठ्यारो परेको उनी बताउंछन् । पैदल यात्रा गर्ने महिलालाई गाडीबाटै जिस्काउने चालक र सहचालकका कारण पनि उक्त सवारीमा यात्रा गरिरहेका महिलाहरुको सुरक्षा नभएको संंग्या दिन्छ । महिलाअधिकारकर्मी सावित्रा अर्याल बसका चालक र सह चालकका कतिपय बोली र व्यवहारले यात्रामा रहेका महिलाले असुरक्षा महसुस गरेको बताउंछिन् । ‘उनीहरुले प्रयोग गर्ने भाषामा शुद्दता हुनुपर्ने , महिला जो पिडित हुन्छ उसले त्यसको निडर भएर सामना गर्नुपर्ने र महिलाका लागि छुट्याईएको आरक्षण सिटको प्रयोग महिलाले नै गर्न पाउनुपर्ने हुनुपर्छ ।’ उनी सुनाउंछिन् । अर्की महिला अधिकारकर्मी अमिता नेपाल यात्रामा महिला सुरक्षाका लागि महिलाका लागि राज्यले छुट्टै सार्वजनिक सवारी साधनको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकहरुले महिलासंग गर्ने व्यवहारका विषयमा यातायातसंग सम्बन्धित संघसंस्थाले प्रशिक्षण दिनुपर्ने बताउछिन् । महिलाका लागि छुट्याईएको सिटमा पुरुष बसेको भएपनि सहचालकले महिलालाई नै बस्ने व्यवस्था मिलाईदिने हो भने सार्वजनिक यातायातमा महिला माथि हुने दुवर््यवहारको अन्त्य हुन सक्ने धारणा उनको छ । कुरीतिजन्य हिंसा विरुद्द राष्ट्रिय सन्जालकी केन्द्रीय सदस्य मीना परियार भने महिलाहरु मानसिक रुपमै पुरुषभन्दा सक्षम भएको महसुस गर्ने र पुरुषका अगाडि आत्मविश्वास दहा्रे बनाई तत्काल प्रतिवाद गर्ने हिम्मत गर्ने हो भने यस्ता घटनाहरु निर्मूल हुंदै जाने बताउंछिन् । ।
पश्चिम नेपाल बस व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दधिराम खरेल यात्रामा महिला असुरक्षाबारे अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउंछन् । आएमा दोषीलाई कारवाही गर्ने उनी दावी गर्छन् । अध्यक्ष खरेलका अनुसार पछिल्लो समय गाडिका चालक र सह चालकहरुलाई प्रशिक्षण दिईएकाले पनि यस्ता घटना भएको थाहा छैन । उता ईलाका प्रहरी कार्यालय बुटवलका सब ईन्स्पेक्टर नमराज पोख्रेलले पनि अहिलेसम्म त्यस्ता कुनै घटना दर्ता नभएको बताउंछन् । महिलाहरु आफुलाई पुरुष भन्दा कमजोर महसुस गर्ने भएकाले पनि यस्ता घटनाहरु हुने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्नेक्रममा हुने दुरव्यवारलाई तत्काल प्रतिपाद गर्न पनि सक्दैनन् । उनीहरु यस्ता घटना वाहिर ल्याउन पनि चाहदैनन् । त्यसैलेपनि महिलामाथि हुने यस्ता खालका घटना बढिरहेका छन् । ‘चालक र सहचालकलाई अनुशाशनमा बाध्ने र महिलाहरु स्वयम सचेत हुने हो भने यस्ता घटना रोक्न सकिन्छ ।’ अधिकारकर्मी अर्याल निचोड निकाल्छिन् ।
आवाज फिचर सेवाबाट

0 comments
तपाईंको प्रतिकृया