Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुटवलको घनाबस्ती छल्न वैकल्पिक रेलमार्ग खोजीने

रुद्रहरि कुंवर
काठमाडौं २६ फागुन ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका अधिकारीहरुले प्रस्तावित मेची महाकाली विद्युतिय रेलमार्ग बुटवल नगरपालिका भन्दा वाहिरवाट लैजानको लागी विकल्पको खोजी गर्ने आश्वासन दिएका छन ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका निमित्त सचिव राजेन्द्र प्रसाद नेपालले विकल्पको लागी छलफल गर्न सकिने आश्वासन दिए । बुटवल वाहिरवाट रेल लैजान माग गदै वुटवल नगरपालिका  प्रमुख कार्यकारी अधिकृत वावुराम गौतमको नेतृत्वमा गएको टोलीसंग सोमवार  निमित्त सचिव राजेन्द्र प्रसाद नेपालले स्थानिय वासिन्दाको मागलाई वेवास्ता गरि अघि वढ्न नसकिने बताए । उनले मन्त्रि तथा सचिवसंग विकल्पको विषयमा छलफल गरी स्थानियको माग सम्वोधन गर्नेै आश्वासन दिए । उनले भने – कम भन्दा कम क्षतीमा रेलमार्ग विस्तार हुन्छ ।
त्यसै गरी रेल विभागका प्रमुख राजेश्वरमान सिंहले धेरै क्षेत्री हुने अवस्थामा विकल्पको खोजि गर्न सकिने बताएका छन ।  प्रमुख सिंहले डि पि आर भईरहेको बताउदै बुटवल वजारवाट रेलमार्ग विस्तार गर्दा धेरै क्षेती पुग्ने भए विकल्पको खोजी गर्न सकिने बताए ।
डेलिगेशन टोलीको नेतृत्व गरेको बुटवल नगरपालिकाका  प्रमुख कायृकारी अधिकृत बाबुराम गौतम ,संघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद चापागाई, उपाध्यक्ष विष्णु प्रसाद पोख्रेल, सचिव नारायण प्रसाद पन्थ, नेपाली कांगेसका नगर सभापति खेलराज पाण्डे,नेकपा एमालेका नगर अध्यक्ष ज्ञान प्रसाद अर्याल, न्यू होराईजन उमावि प्राचार्य लोकनाथ उपाध्याय, नागरिक समाजका नेत्र वहादुर पाण्डे, संघर्ष समितीका इन्द्र राई लगायतले  बुटवल नगरपालिका भित्रबाट रेल लैजादा वढि क्षेती हुने भएकाले ्िवकल्पको खोजी गर्न आग्रह गरेका थिए ।
मन्त्रालय तथा रेल विभागका प्रमुख तथा सभाषदहरुसंग भेटघाट पछि प्रस्तावित रेलवे पिडित संघर्ष समितीका अध्यक्ष चापागाईले विकल्प खोजन सकिने आश्वासन पाएको जानकारी दिए ।
राष्ट्यि गौरवको योजना भनिएको उक्त मेघा पा्रेजेक्टको अहिले फूलव्राईट कन्सेलटेन्सीले डिपि आरको तयारी गरिरहेको छ । ८ सय अर्व रुपैया लाग्ने अनुमान गरिएको विद्युतिय रेलमार्गको पुर्वमा ५ किलो मिटर खण्डको निर्माण कार्य शुरु गरेको रेल विभागले जनाएको छ ।

सभाषद भन्छन : बुटवलको घनावस्तीबाट रेल गुड्न दिदैनौ
रुपन्देही जिल्लाबाट प्रतिनिधीत्व गर्ने सभाषदहरुले बुटवल क्षेत्रमा घना वस्ती भएकाले नगरपालिका क्षेत्रबाट रेल मार्ग विस्तार नमिल्ने बताउदै वैकल्पीक मार्गको लागी पहल गर्ने आश्वासन  दिएका छन ।
एमालेका केन्द्रिय सचिव समेत रहेका सभाषद विष्णु प्रसाद पौडेलले कुनै पनि हातलमा बुटवलको मुटुबाट रेल गुड्न नसक्ने बताए । त्यसै गरी नेपाली कांग्रेसका नेता तथा सभाषद अब्दुल रज्जाकले बुटवलमा घना वस्ती तथा वन क्षेत्र मासिने भएकाले उक्त क्षेत्रबाट रेल मार्ग विस्तार हुनै नसक्ने बताए । उनले सदनमा कुरा उठाएककाले बन मन्त्रिको पनि ध्यानकर्षण भएको बताउदै ठूलो क्षेती हुने स्थानवाट रेल गुड्न नदिने बताए । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रि बालकृष्ण खांड लगायतका नेताहरुसंग मंगलवार भेट गर्ने कार्यक्रम रहेको प्रस्तावित रेल्वे पिडित संघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद चापागाईले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया