Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गायन क्षेत्रमा त्यति आम्दानी छैन : सोनिका

सोनिका लामा लामो समयदेखि सांगितिक क्षेत्रमा संघर्षशील नाम हो । काभे्र जिल्लाको भिमखोरि गाविस वडा नं. ३ मा जन्मिएकी सोनिका अहिले गित संगितमै रमाएकी छन । काठमाडांको सिनामंगलमा बसेर संगितको अध्ययन गरिरहेकी सोनिका लामासंग सुपरखवर कर्मी बाबुराम भुसालले गरेको कुराकानीको सम्पादीत अंश ।
आजभोलि कता व्यस्त हुनुहुन्छ ?
म आजभोलि मेरो तेस्रो एल्बमको आइटम गीत ‘जवानीमा लाली चड्यो’ को प्रचार प्रसारको काममा व्यस्त छु साथै केही कार्यक्रममा निम्तो आउने हुनाले कार्यक्रम गर्नमै व्यस्त हुन्छु ।
 गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानै उमेर देखि नै मेरो संगित र कलाप्रति अतिनै लगाव थियो । म सानै छँदा मैले गित गाउने, गित लेख्ने र संगित भर्ने काममा मेरो अतिनै रुचि थियो । त्यसैलाई मैले निरन्तरता दिँदै गएकाले म यो गायन क्षेत्रमा प्रवेश गर्ने माध्यम बनेको हो ।
अहिलेसम्म कुन कुन एल्बम बजारमा ल्याउनु भएको छ ?
मैले अहिलेसम्म बजारमा ल्याएको एल्बमहरु मध्ये  पहिलो एल्बम ‘बेसहारा’ (२०६४ साल) दोस्रो एल्बम ‘कस्तो यो जिवन’ (२०६७ साल) र तेश्रो एल्बम ‘सोनिका को जवानी’ नामको एल्बम भरखरै सार्वजनिक भएको छ ।
स्रोताले बढी मनपराएको एल्बम  ?
हुनत मेरो सबै एल्बमहरु राम्रा छन् । तर स्रोता र दर्शकहरुले बढी मनपराउनु भएको मेरो तेश्रो एल्बम जस्तो लाग्छ । किनकि तेस्रो एल्बमको गित जवानीमा लालि चड्यो अहिले निकै चर्चामा छ र यस गितको कारणले पनि अहिले म कार्यक्रमहरुमा व्यस्त छु ।
अब कुन एल्बम निकाल्ने तयारीमा हुनुहुन्छ ?
गीतहरु त मेरो धेरै नै तयारी छन् तर यो तेस्रो एल्बमले कस्तो बजार पाउँछ त्यहि अनुसारको गीतहरु म मेरो चौथो एल्मबमा समावेश गर्नेछु ।
 कलाकारहरुलाई बाँच्न गाह्रो छ भन्छन् नि तपाईं के भन्नुहुन्छ ?
हो तपाईले भनेजस्तै गायन क्षेत्रमा त्यति आम्दानी छैन । बेला बेलामा कार्यक्रमहरु गर्ने मौका पाइयो भने थोरैधेरै आम्दानी त हुन्छ नै तर त्यसले हामीजस्ता कलाकारहरुलाई अहिलेको परिवेशमा बाँच्न गाह्रो नै हुन्छ । पहिला पहिला सिडि बजारमा बिक्री हुन्थ्यो तर आजकल त्यो पनि छैन त्यसैले आम्दानीको श्रोत नै कार्यक्रम गर्नु हो । अहिलेको अवस्थामा कलाकारहरुलाई सोंचेजस्तो आम्दानी हुन नसक्दा पनि आफूले चाहेको गीतहरु बजारमा ल्याउन नसकिरहेको अवस्था छ ।
 गायन क्षेत्रबाट तपाईंलाई सफल हुन्छु जस्तो लाग्छ कि लाग्दैन ?
मेहनत गरे अवश्य सफल भइन्छ । किनकि मैले जुन लक्ष्य  लिएर यस क्षेत्रमा प्रवेश गरेकी थिएँ त्यो लक्ष्य अवश्य पूरा गर्नेछु भन्नेमा म पूर्ण विश्वस्त छु ।
सोनिका लामा त्यति चर्चामा छैनन् भन्छन् नि ?
सोनिका लामा चर्चामा नहुनुको कारण पहिला पहिला मैले स्लो टाइपको गितहरु निकालँे त्यतिबेला मैले त्यति मिडियाहरु पनि चिनेको थिएनँ । त्यति म बोल्न पनि जानेकी थिइन त्यसैले पनि मेरो गितहरुलाई धेरैले  चासो नराखेको हुनसक्छ । मेहनत त धेरै गरेको थिएँ गितहरु पनि धेरै राम्रा थिए । शायद मिडियाहरुसँग मेरो त्यति बढी सम्बन्ध नभएकोले होला मेरो पहिलाको गीत धेरै स्तरीय भएर पनि चर्चामा नआएको हो । तर हालै सार्वजनिक गरिएको तेस्रो एल्बमको गीत जवानीमा लाली चढ्योले धेरै चर्चा पाएको छ जुन तपाईहरुले डिजिटल मिडिया साथै युटुबमा सोनिका लामा सर्च गरेर हेर्न सक्नुहुनेछ ।
दिनचर्या कसरी वित्छ ?
मेरो प्रायः समय गित संगितमै बिताउने गर्छु । विहानको समय मेरो गित रियाजमा वित्ने गर्दछ त्यस्तै केहि समय घरायसी काममा र केहि समय साथीहरु सँग वित्ने गर्छ ।
गायन क्षेत्रमा सफलता हासिल गर्न के गर्नुपर्ला ?
साँच्चै भन्ने हो भने गायन क्षेत्रमा सफलता हासिल गर्न धेरैनै गाह््रो छ । संगितमा सफलता हासिल गर्नलाई दैनिक अभ्यासको साथै संगितमा रुचि, अध्ययन र निरन्तरता प्रमुख कारण हुन ।
 तपाईं गायन क्षेत्रमा आउनुको श्रेय कसलाई दिनुहुन्छ ?
मरो संगित क्षेत्रमा नाम कमाउने मेरो हजुर वुवाको सपना थियो त्यसैले यो श्रेय म उहाँलाई दिन चाहान्छु । अहिले मलाई संगित क्षेत्रमा सहयोग गरिरहनु भएको मेरो गड फदर श्री सुरथ प्रधानलाई श्रेय दिन चाहान्छु । किनभने मेरो हजुरवुवाको सपना पुरा गर्नलाई उहाँले मलाई संगित क्षेत्रमा धेरै सहयोग गर्नुभएको छ ।
नेपालको संगित उद्योगलाई कसरी अगाडि बढाउनुपर्छ ?
हामीले नेपाली संगितमा आफ्नो मौलिकता, संस्कृतिलाई पनि ध्यान दिनुपर्ने हुन्छ । हामी नेपाली भएर नेपाली गीत संगितलाई धेरै माया गर्नुपर्ने हुन्छ । नेपाली कलाकारले एक अर्कालाई सहयोगको साथै हातेमालो गरेर अगाडी बढ्नुपर्ने हुन्छ । एउटा कलाकारले अर्को कलाकारको खुट्टा तान्नु भएन एसो गरेमा नेपाली कलाकारहरु पछाडि पर्नेछ त्यसैले नेपाली संगित उद्योगलाई अगाडि बढाउन एक अर्काले एक अर्कालाई रिस डाहा नगरि जानेको कलाकारहरुले नजानेको कलाकारहरुलाई सहयोग गरि अगाडि बढनु पनि हाम्रो नेपाली संगित उद्योगलाई अगाडि बडाउनु हो ।

0 comments

तपाईंको प्रतिकृया