Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गजल

गजल
लोकतन्त्र गणतन्त्र फुले पो त नयाँ नेपाल
गणतान्त्रिक भवरा डुले पो त नयाँ नेपाल ।

संधैको लुछाचुडी कतिञ्जेल रहिरहन्छ खै बादलले
 ढाक्या गगन खुले पो त नयाँ नेपाल ।

समाबेशी भन्छन आवाज कतै पुग्न सक्याछैन
नुनपानी झै एकैचोटी घुले पो त नयाँ नेपाल ।

आपःनै पौरख पसिना यही माटोमा पोख्नुपर्छ
श्रमले सिर्जेको बोट झुले पो त नयाँ नेपाल ।

नयाँ जोश नयाँ जाँगर युवा अब जुरमुरऔ
नवनितिले हाम्रो राज्य चुले पो त नयाँ नेपाल ।

सुनिता चुँदाली
 बुटवल

0 comments

तपाईंको प्रतिकृया