Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पत्रकार महासंघ रुपन्देहीद्धारा कार्ययोजना

बुटवल १९ चैत । नेपाल पत्रकार महासंघ रुपन्देही कार्यसमितीको तेश्रो वैठकले कार्ययोजना तयार गरेको छ ।  मंगलवार पाल्पाको दोभान –९ सुकेतालमा अध्यक्ष शेरवहादुर केसीको अध्यक्षता, निवर्तमान अध्यक्ष दीपक ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको वैैठकले एक वर्षे कार्ययोजना तयार गरेको हो ।
पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी विभिन्न विटको पत्रकारिता तालिम, कार्यशाला तथा अन्तर – संवाद संचालन गर्ने, प्रकाशनलाई व्यवस्थित र नियमित गर्ने, मोफसल बुलेटिन प्रकाशन गर्ने,  विभिन्न पत्रकारिता पुरस्कारहरुलाई नियमित वितरण गर्ने, अन्तर शाखा भ्रमण, दुई वर्ष भित्र पत्रकार कल्याणकारी कोषको राशी वृद्धि गरी १० लाख रुपैया पुराउने लगायतको निर्णय गरेको वैठक पछि सचिव रुद्रहरि कुंवरद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । वैठकले ति वार्षिक कार्यक्रमहरुलाई सम्पन्न गर्नको लागी जिम्मेवारी समेत वाडफाड गरेको छ । त्यसै गरी वैठकले समितीको सल्लाहकार चयन गरेको छ ।
 हरि लम्साल, अर्जुन ज्ञवाली, मोहन चापागाई, नारायण सापकोटा, दिपक ज्ञवाली, सुमन अधिकारी र रामराज पोख्रेललाई सल्लाहकारमा चयन गरेको हो । वैठकले आतिथ्यता प्रदान गर्ने दोभान एकिकृत पर्यटन विकास  समितीका अध्यक्ष दलवहादुर गुरुङ, दोभान सामुदायिक वन समन्वय समितीका अध्यक्ष राजेश श्रेष्ठ तथा स्थानिय होमस्टे संचालन समितीलाई धन्यवाद ज्ञापन गर्ने गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया