गाई र गोरुको बिबाह, ५ हजार जन्ती (फोटो फिचर सहित)
भारतको मध्यप्रदेशको इन्दौरमा गंगा नाम गरेको गाई र प्रकाश नाम गरेको गोरुवीच हालै भब्य विवाह भएको छ । खेतीलाई प्रकृतिक विपतबाट बचाउन भन्दै गंगाको मालिक गोपाल पटवारीले विवाह समारोह आयोजना गरेका थिए । गाई र गोरुको विवाह हिन्दु परम्पराअनुसार गरिएको थियो ।
बेहुलो झैं सिंगारिएको गोरुलाई भब्य बग्गीमा राखेर व्याण्ड बाजासहित बेहुली गंगाको घरमा ल्याइएको थियो, जहाँ धुमधामसित उनीहरुको बिबाह भयो ।
हिन्दु परम्पराअनुसार मानिसको बिबाह गर्न जेजस्त बिधि अपनाइन्छ ती सवै प्रकृया पुरा गरिएको थियो । प्रकृया पु¥याउन पण्डितको पनि ब्यबस्था थियो ।
बेहुलीका मालिक भन्छन –‘प्रकिृतिक विनास तथा भारी वर्षा जस्ता विपत्तबाट बचाउन गाउँका साधुसन्त र पवित्र पुरुषहरुको सल्लाहमा यो विवाह गरिएको हो ।’ बिबाह समारोहमा गाउँका झण्डै ५ हजार मानिस सहभागी थिए ।
बेहुलीका मालिक भन्छन– गंगा र प्रकाशवीच दाम्पत्य जीवन सुरु भएको छ, उनीहरुले राम्रोसँग गृहस्थी चलाउन, बच्चा पाउन र सुखी जीवन बिताउन भन्ने हाम्रो चाहना छ ।’
गाउँका २५ घर परिवारको आयोजनामा भएको बिबाह तयारीका लागि करिव दुई महिना लागेको थियो ।




0 comments
तपाईंको प्रतिकृया