Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेकपा एमाले कार्यालय घेराउ

काठमाडौं, २७ चैत– नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ ।
सो सङ्घले सडक व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राख्दै आएको छ ।
 व्यवसायीले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका कार्यालयमा घेराउ गर्दै आएका छन् । सडकपेटीमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न असहज भई समस्या आएको भन्दै सरकारले गत फागुन १४ देखि सो व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी सङ्गठन नेपाल आबद्ध श्रमिक एकताबद्ध भई पहिलो चरणको आन्दोलन गरेका थिए ।
 स्वरोजगार व्यापार श्रमिक सङ्घका महासचिव माया गुरुङले स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गरी व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरे ।

0 comments

तपाईंको प्रतिकृया