Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अबको क्रान्ति आर्थिक विकास : भट्टराई

नवलपरासी २८ चैत। एकीकृत नेकपा माओवादीका नेता डा। बाबुराम भट्टराईले अबको नयाँ शक्ति भनेको आर्थिक विकासका लागि मोडेल हुने बताएका छन् ।

नवलपरासीमा चौधरी ग्रुपको अवलोकन पछि पत्रकारसँगको भेटमा उनले भने(’एउटै औद्योगिक घरानाले त यत्ति धेरै गर्न सक्छ, राज्य नै लाग्यो भने कति धेरै हुन्छ उहाँले भन्नुभयो(”अबको क्रान्ति आर्थिक विकासकै हो ।’ आर्थिक र राजनीतिक क्रान्ति एक अर्काका पुरक भएको भन्दै उनले अबको केही वर्ष आर्थिक क्रान्तिमा लगाउनुपर्ने धारणा राखे ।

आलु चिप्स, बियरका लागि यही कच्चा पदार्थ उत्पादन गर्न राज्यले नीतिगत रुपमै सुनिश्चित गर्नुपर्छ भन्दै भट्टराईले भने(’कृषि उत्पादन बढाउन सरकारले अनुदान दिनै पर्छ त्यसका लागि नीति ल्याउनुपर्छ ।’ सरकारले निजी क्षेत्रलाई सहयोग गर्न आवश्यक रहेको भन्दै उनले चौधरी उद्योगको विकासको मोडेल र उत्पादन मोडेललाई सरकारले बढवा दिन आवश्यक रहेको बताए ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आर्थिक पक्षको लाभ र हानीका आधारमा राजनीति हुनुपर्ने बताए । आर्थिकसँग सम्बन्धित २८ वटा विधेयक संसद्मा थन्किएको भन्दै उनले भने(’राजनीतिक पक्ष र आर्थिक पक्षबीच ‘रियल’ साझेदारी हुन नसक्नु नै अहिलेको जड हो ।’ रासस

0 comments

तपाईंको प्रतिकृया