Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महासंघमा प्रदीपजंग पाण्डे विजयी

काठमाडौं ३० चैत। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् । अध्यक्षका लागि एसोसिएटतर्फ पाण्डेलाई २ सय ८९ भोट प्राप्त भयो भने भाष्कर राजकर्णिकारले २ सय ९१ भोट प्राप्त गरे । त्यस्तै, वस्तुगततर्फका ८८ भोटमध्ये पाण्डेले ५६ मत प्राप्त गरे भने राजकर्णिकारले ३२ मत प्राप्त गरे । जिल्लारनगरतर्फबाट पाण्डेले ४९ मत प्राप्त गरे भने राजकर्णिकारले ४२ मत प्राप्त गरे । विजयी भइसकेपछि नवनिर्वाचित अध्यक्ष पाण्डेले निजी क्षेत्रलार्इ एक ढिक्का बनार्इ अगाडि बढ्ने बताए । उनले पूर्व अध्यक्षहरूलार्इ सम्मानजनक भूमिका प्रदान गर्ने र निर्वाचनमा पराजित पक्षको भावनालार्इ समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकाले त्यसमा निजी क्षेत्रको सशक्त भूमिका हुनुपर्ने उनले उल्लेख गरे । त्यसैगरी, उपाध्यक्षमा प्रदीपजंग पाण्डेको समूहबाट दुईजना र भाष्करराज राजकर्णिकारको समूहबाट एकजना निर्वाचित भएका छन् । पाण्डेको समूहबाट वस्तुगततर्फबाट दिनेश श्रेष्ठ र जिल्ला नगरतर्फबाट किशोर प्रधान निर्वाचित भएका छन् । भाष्कर समूहबाट एसोसियटतर्फका उम्मेदवार शेखर गोल्छाले ७४ मत बढी प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । शेखरले ३ सय १० मत ल्याए भने बिके श्रेष्ठले २ सय ३६ मत ल्याएका छन् । वस्तुगततर्फबाट उपाध्यक्षमा दिनेश श्रेष्ठले ५९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी उदयराज पाण्डेले २८ मत प्राप्त गरे । त्यस्तै, जिल्ला नगरतर्फबाट किशोर प्रधानले ९३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी डिबी बस्नेतले ८९ मत प्राप्त गरेका छन् । वस्तुगततर्फबाट केन्द्रीय कार्यकारी समितिमा भाष्कर समूहबाट ५ जना विजयी भएका छन् भने पाण्डे समूहबाट ६ जना विजयी भएका छन् । एकजना दुबै समूका साझा उम्मेदवार थिए । परिणामअनुसार उद्योगी शौरभ ज्योतीले ५० मत पाएका छन् भने चलचित्र निर्देशक शर्माले ४९ मत पाएका छन् । शौरभ र अशोक दुबै अध्यक्षका उम्मेदवार भास्करराज समूहका हुन् । यस्तै अनुपबहादुर मल्ल ६३, उमेशलाल श्रेष्ठ ६२, संजिवराज भण्डारी ६२, शकुन्तलाल हिराचन ५३, कमला श्रेष्ठ ५१, संजय गिरी ५१, संदिपकुमार अग्रवाल ४९, राजकुमार भट्टराई ४८, राजन शर्मा ४८ र शंकरप्रसाद पाण्डे ४७ मतका साथ विजयी भएका छन् । संजिवराज भण्डारीलाई भने दुबै समूहले उम्मेदवार बनाएको थियो । यसैगरी जिल्ला नगरतर्फबाट केन्द्रीय कार्यकारिणी कार्यसमितिमा भास्कर र पाण्डे समूहबाट ७र७ जना निर्वाचित भएका छन् । भास्कर समूहबाट कृष्णनगर उद्योग वाणिज्य संघका ओमप्रकाश वंशल, नवलपरासी उद्योग वाणिज्य संघका गुणनिधि तिवारी, धुलीखेल उद्योग वाणिज्य संघका दिलसुन्दर श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघका नरेन्द्र कुमार खड्का, भक्तपुर उद्योग वाणिज्य संङका युवक राजभण्डारी, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका राजेन्द्र कुमार श्रेष्ठ र बुटवल उद्योग वाणिज्य संघका शंकर श्रेष्ठ विजयी भएका छन् । पाण्डे समूहबाट मेची उद्योग वाणिज्य संघका केशवराज पाण्डे, वालिङ उद्योग वाणिज्य संघका चोपनारायण श्रेष्ठ, सुर्खेत उद्योग वाणिज्य संघका निरक केसी, म्याग्दी उद्योग वाणिज्य संघका प्रमोद श्रेष्ठ, सिद्धार्थनगर उद्योग वाणिज्य संघका महेन्द्रकुमार श्रेष्ठ र वीरगञ्ज उद्योग वाणिज्य संघका विजयकुमार सराबगी निर्वातित भएका छन् । त्यस्तै, मतगणनामा तीनजनाको मत बराबरी आएपछि गोलाप्रथाबाट गरिएको चयनमा पाण्डे समूहकै सुनिल शर्मा पर्न सफल भएका छन । एशोसियटतर्फ भाष्कर समुहका सबै सदस्यहरु विजयी भएका छन् । एशोसियटबाट चन्द्र ढकाल, ओम बहादुर राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, मनिष अग्रवाल, अनिल केडिया, अशोक कुमार तोदी, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, प्रकाश गिरी, रन्जितराज आचार्य, रामकृष्ण प्रसाईं, विजय सिंह वैद्य र शाहिल अग्रवाल विजयी भएका छन् । त्यसैगरि, अञ्चल प्रतिनिधिहरुमा मेचीबाट मेची उद्योग वाणिज्य संघका बिजय डालमिया, कोशीबाट उद्योग वाणिज्य संघ इटहरीका रोहित प्रसाद प्रसाईं, सगरमाथाबाट लहान उद्योग वाणिज्य संघका अशोक कुमार अग्रवाल, जनकपुरबाट जलेश्वर उद्योग वाणिज्य संघका रामकपुर शाह निर्विरोध, बागमतीबाट ललितपुर उद्योग वाणिज्य संघका मनिषलाल प्रधान, नारायणीबाट रौतहट उद्योग वाणिज्य संघका धर्मनाथ प्रसाद जैसवाल निर्विरोध, गण्डकीबाट स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका दीपक लम्साल निर्विरोध निर्वाचित भए । लुम्बिनी अञ्चलबाट अर्घाखाँची उद्योग वाणिज्य संघका कृष्ण प्रसाद श्रेष्ठ, धौलागिरीबाट बाग्लुङ उद्योग वाणिज्य संघका निर्माण कुमार श्रेष्ठ निर्विरोध, राप्ती अञ्चलबाट सल्यान उद्योग वाणिज्य संघका हरिहर बुढाथोकी, भेरी अञ्चलबाट भवानी राणा निर्विरोध, कर्णाली अञ्चलबाट मुगु उद्योग वाणिज्य संघका नरविर रावत, सेती अञ्चलबाट डोटी उद्योग वाणिज्य संघका गोपाल हमाल निर्विरोध र महाकाली अञ्चलबाट दार्चुला उद्योग वाणिज्य संघका मंगल सिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन् । एशोसियट तर्फबाट विजयी भएका पशुपति मुरारका र भेरी अञ्चलबाट निर्विरोध निर्वाचित भएकी भवानी राणा वरिष्ठ अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन् । उनीहरुमध्ये एकजनालाई निर्वाचित सदस्यहरुबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरिने छ ।

0 comments

तपाईंको प्रतिकृया