इन्धन आपूर्तिको समस्या समाधान गर्न संसदीय समितिलाई जिम्मा
काठमाडौं ४ बैशाख। सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि संसदीय समितिलाई आग्रह गरेको छ ।
सरकारका प्रवक्ता डा.मीनेन्द्र रिजालले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान विषयमा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा छलफल भएको जानकारी दिए ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको नियमित घाटाले सरकारको राजस्वमा परेको भार हटाउने छलफल गरी मन्त्रिपरिषद्ले सम्बन्धित विषयको संसदीय समितिलाई समस्या समाधान गर्न आग्रह गरेको छ ।
बैठकले खोप सेवा सञ्चालनको व्यवस्था गर्नका लागि विधेयकको मस्यौदा तयार गर्न र प्रस्तुत गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया