Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीद्वारा आन्दोलनको घोषणा

काठमाडौं २ बैसाख । एकीकृत नेकपा माओवादीले फुजेल घटना प्रकरणमा मुद्दा चलाइएका आफ्ना १३ कार्यकर्ताको मुद्दा फिर्ता लिन माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पेरिसडाँडामा मंगलबार बसेको एमाओवादी हेडक्वार्टरको बैठकले आज चितवनमा विरोध प्रदर्शन र कोणसभा गर्ने निर्णय गरेको बताईएको छ ।

त्यसैगरी बुधबार गोरखा र चितवनमा प्रदर्शन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । विहीबार कार्यकर्ता गिरफ्तारी विरुद्ध देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम तय भएको खड्काले जानकारी दिए ।

दोस्रो चरणमा जनयुद्धमा लागेका वैद्य माओवादीसहितका अन्य दल र परिवर्तनको पक्षमा रहेका पार्टीहरुलाई समेत लिएर सडक आन्दोलनमा जाने एमाओवादीले निर्णय गरेको छ ।
गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको द्वन्द्वकालमा भएको हत्या प्रकरणको अभियोगमा प्रहरीले आफ्ना १३ कार्यकर्तालाई मुद्दा चलाउनुका साथै केहीलाई गिरफ्तार गरेपछि एमाओवादी आन्दोलित भएको हो । द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् समाधान गरिनुपर्ने एमाओवादीको माग छ ।
यसैवीच  आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिएर माफी नमागेसम्म सरकारले बोलाएका कुनै पनि वार्तामा नबस्ने भन्दै एमाओवादी नेताले सोमबार पनि बालुवाटारको तीन दलीय बैठक बहिस्कार गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमाओवादीको कार्यालयले निर्णय गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया