एमाओवादीद्धारा प्रशासन कार्यालयमा धर्ना
रुपन्देही ,नवलपरासी र कपिलवस्तुमा चक्काजाम
बुटवल ४ वैशाख– द्वन्द्वकालिन मुद्धा ब्युताउन खोजेको भन्दै एमाओवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमा विहिबार धर्ना दिएको छ ।
फुजेलको हत्याकान्डमार्फत द्वन्द्वकालिन मुद्दा उछाल्न खोजेको आरोप लगाउँदै एमाओवादीले आज विहान ११ देखि १ बजेसम्म देशभरका प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।
अधिकारी हत्याकान्डलाई उछालेर द्वन्दकालिन मुद्दाहरु व्यँुताउन खोजेको भन्दै केही दिनदेखि एमाओवादी आन्दोलित छ ।
एमाओवादीले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधानको व्यवस्थाअनुसार द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हुनुपर्नेमा सरकारले शान्ति प्रक्रिया र संविधान लेखनकार्य भाँड्ने उद्देश्यका साथ फुजेल प्रकरण ब्यु“ताएको आरोप लगाउँदै सर्वदलिय बैठकका साथै व्यवस्थापिका संसद बैठक समेत बहिस्कार गर्दै आइरहेको छ ।
यता एमाओवादीले रुपन्देही नवलपरासी र कपिलवस्तुमा एक घण्टा चक्काजाम गर्ने जनाएको छ । बुटवलको चौराहामा अहिले ४ वजे, नवलपरासीमा ५ वजे देखी एक घण्टा चक्का जामको कार्यक्रम रहेको एमाओवादीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया