Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राउटे संरक्षण राहत कोष स्थापना

सुर्खेत ३ बैशाख। एसियाकै लोपोन्मुख मानिएको राउटे जातिको विकासका लागि यहाँ ‘राउटे संरक्षण राहत कोष’ स्थापना गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा र जिल्ला वन कार्यालय सुर्खेतको संयुक्त प्रयासमा कोषको स्थापना गरिएको हो । कोष स्थापना गरिएको पहिलो दिन कोषको खातामा रु १० हजार जम्मा भएको जिल्ला वन कार्यान्वयन सुर्खेतका जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाले बताए ।
पहिलो दिन पत्रकार महासङ्घ सुर्खेत शाखाले पाँच हजार र जिल्ला वन कार्यालयबाट रु पाँच हजार गरी रु १० हजार कोषमा जम्मा गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा ‘राउटे संरक्षण राहत कोष’ को नाममा खाता खोलिएको छ । उक्त खाताको सञ्चालकका रुपमा जिल्ला वन कार्यालय सुर्खेतका जिल्ला वन अधिकृत सम्भुप्रसाद चौरसिया, नेपाल पत्रकार महासङ्घ, सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती र राउटे समुदायका मुखिया सूर्यनारायण शाही रहेका छन् ।
राउटेको विकासको लागि ‘राउटे संरक्षण राहत कोष’ स्थापना गरिएको भन्दै जिल्ला वन अधिकृत चौरासियाले जिल्लामा कार्यरत सरकारी कार्यालयका कर्मचारी, सङ्घ(संस्थामा आबद्ध पदाधिकारी, सुर्खेत उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यापारी, तथा अन्य सर्वसाधारणलाई कोषको खातामा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् । रासस

0 comments

तपाईंको प्रतिकृया