Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
टाउकोको मुल्य तोक्नेहरु पनि बाकी रहदैनन : क्षेत्री

बुटवल ४ वैशाख । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले द्धन्द कालका घटनाका मुद्धालाई बल्झाउन खोजिए टाउकोको मुल्य तोक्नेहरु पनि बाकी नरहने चेतावनी दिएका छन ।

केही डलरवादी एनजिओ आईएनजिओको आडमा केहीले द्धन्दका घटनाहरुलाई बल्झाउन खोजेको बताउदै उनले जिउदै आगो लगाएर मार्नेहरु र टाउकोको मुल्य तोक्नेहरु पनि बा“की नरहने बताए ।
एमाओवादी वुटवल १० वडा समितीको दोश्रो सम्मेलनलाई सम्वोधन गर्दै उनले द्धन्द कालिन मुद्धालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुडगोमा लगाउनु पर्ने बताए । उनले भने—‘ यदी द्धन्दकालिन मुद्धालाई ठिक ढंगवाट हेरिएन भने माओवादी नेताको टाउकोको मुल्य तोक्नेहरु पनि चोखो रहनेवावाल छैनन ।
 तत्कालिन सरकारले माओवादी नेताको मुल्य तोक्दै प्रहरीलाई बुझाए  मोटो रकम दिने घोषणा गरेको थियो । सरकारले तत्कालिन माओवादी नेताहरु प्रचण्ड, डा बाबुराम भट्टराई र मोहन वैद्य किरणको मुल्य  ५० लाख तोकेको थियो ।
 पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, नन्दकिशोर पुन पासाङ, सीपी गजुरेलको मूल्य मन्त्रिपरिषदले प्रतिव्यक्ति ३५ लाख मात्र निर्धारण गरेको थियो । माओवादीका अन्य केन्द्रीय सदस्यको मूल्य २५ लाख तोकिएको थियो । ब्यूरो इञ्चार्ज र प्लाटुन कमान्डरको मूल्य १० लाख तोकिएको थियो  । 

0 comments

तपाईंको प्रतिकृया