अपडेट: दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो
अर्घाखाँची १७ बैशाख । बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनीट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । मृतक मध्ये ६ जनाको सनाखत भएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत डा विष्णु आचार्य तथा उनको बुबा जनार्धन आचार्य , खाडाका गणेश बेलबासे, बुटबलका कृष्ण श्रेष्ठ, अर्घाँखाँची धारापानीका नरेन्द्र बन्जाडे तथा ढाकाबाङका बसन्त क्षेत्रीको सनाखत भएको प्रहरीले जनाएको छ ।
यसैबीच घाईते ल्याएर अस्पतालतर्फ आउँदै गरेको लु १ ज १३२९ स्यालेमा दुर्घटना भएको छ । जिपमा सवार दुई युवक मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया