Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीको जिल्ला सम्मेलनको तयारी

अध्यक्षमा  ५  आकाक्षी
बुटवल ५ बैशाख । एमाओवादी रुपन्देहीको दोश्रो सम्मेलन वैशाख १२ गते बुटवलमा हुने भएको छ । सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको सम्मेलन आयोजक समितीका संयोजक तथा केन्द्रिय सदस्य वामदेव क्षेत्रीले जानकारी दिए ।
सम्मेलनको तयारी तिव्ररुपमा अघि वढाईएको जनाईएको छ । गाविस तथा नगरपािलकाका वडा सम्मेलन भईरहेको एमाओवादीले जनाएको छ ।
 नेतृत्वको लागी नगरपालकाको वडा तथा गाविसवाट निर्वाचित हुनु पर्ने प्रावधान अनुसार वडा तथा गाविसवाट आएका करिव ४ सय प्रतिनिधीहरुले ५१ सदस्यीय जिल्ला समिती चयन गर्नेछन ।
 एमाओवादीले रुपन्देही जिल्लामा ५ हजार पार्टी सदस्यले सदस्यता नविकरण गराएको जनाएको छ । यस अघि ७ हजार पार्टी सदस्य थिए । पार्टी सदस्यहरुको संख्या घट्दो अवस्थामा रहे पनि अध्यक्षका दावेदार भने ५ जना निस्केका छन । सम्मेलन आयोजक समितीका संयोजक तथा केन्द्रिय सदस्य वामदेव क्षेत्री अर्का केन्द्रिय सदस्य माधव शर्मा, पूर्व राज्य मन्त्रि तथा पुर्व जिल्ला अध्यक्ष हकिकुल्लाह खां, केन्द्रिय सदस्य टंकमणी शर्मा र पुर्व जिल्ला सेक्रेटरी यज्ञ पोख्रेलले अध्यक्ष पदको लागी आकाक्षा व्यक्त गरेका पार्टी श्रोतले सुपरखवर डटकमलाई बतायो । तर रोचक कुरा के छ भने अधिकांस निर्वाचनमा जान डराएका छन ।
 अध्यक्ष बन्नको लागी पहिले सदस्यमा निर्वाचित हुनु पर्छ । सर्वसम्मत रुपमा नेतृत्व पाए पछि नहट्ने उनिहरुले मनस्थिती बनाएको श्रोत बताउछ । संयोजक क्षेत्रीले भने निर्वाचनमा जोड दिएका छन । उनी सहमतिको ‘रिक्स’ नलिने पक्षमा रहेको उनि निकट कार्यकर्ताहरु बताउंछन ।  निर्वाचनको लागी प्राध्यापक शिव भुसालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन  अयोग समेत बनाई सकिएको छ ।
एमाओवादीले सम्मेलनको पुर्व सन्ध्यामा विभिन्न रचानात्मक कार्यक्रम गर्ने शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराए गराएको छ । वैशाख ९ गते वुटवल सरसफाई, १० गते  लुम्विनी अंचलका विरामीलाई फलफूल वितरण, वैशाख ११ गते रक्तदान तथा वाईसिएल मार्चपास गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया