Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कालीगण्डकी करिडोरको खुल्यो ट्रयाक

म्याग्दी,६ बैशाख–राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मुस्ताङखण्डको ट्रयाक खुलेको छ ।
दक्षिण सीमा सुनौलीदेखि उत्तरी लोमान्थाङको कोरला जोड्ने ३५२ किलोमिटर दुरीको सडकमध्ये मुस्ताङखण्डमा पर्ने १३६ किलोमिटर सडकको ट्रयाक निर्माण पूरा भएको हो । मुस्ताङको घाँसादेखि कोरलासम्मको सडकको ट्रयाक खुलेपछि सवारी सञ्चालन हुन थालेको जिविस मुस्ताङले जनाएको छ ।
मुस्ताङको कागबेनीदेखि झैतेखण्डको ४५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य चालु आर्थिक वर्षमा सकिएको हो भने अन्य तीन खण्डको ट्रयाक निर्माण कार्य यसअघिनै सकिएको थियो ।
घाँसादेखि जोमसोमसम्मको ३८ किलोमिटर लामो सडकको ट्रयाक २०६४ सालमा नेपाली सेनाले खोलेको थियो भने हाल सडक डिभिजन कार्यालय पोखराअन्तर्गत मर्मतको काम भइरहेको छ ।
पहिलो चरणमा ट्रयाक खोल्ने काम सम्पन्न भएपछि जिविसले कागबेनीदेखि कोरला सडकखण्डको स्तर सुधार गर्न चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेर काम सुरु गरिएको जनाएको छ ।
हाल साना सवारी साधन सञ्चालन हुने जोमसोम कोरलाखण्डको सडकमा हेभी र ठूला प्रकृतिका सवारी सञ्चालन गर्न सकिने बनाउन लागिएको जिविस मुस्ताङले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया