माधव र झलनाथ अभिभावकः पोखरेल
बुटवल, १९ चैत । नेकपा एमालेका केन्द्रीय सचिव शंकर पोखरेलले पार्टीका दुई नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल अभिभावको रुपमा बस्नु पर्ने बताएका छन । उनले एमालेको ९ औ महाधिवेसनमा अध्यक्ष पदको लागी बामदेव गौतम, केपी ओली र ईश्वर पोखरेल मध्ये कुनै एक नेतालाई अघि वढाउनु पर्ने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अध्यक्ष र महासचिव पदमा सहमती हुने संभावना रहेको समेत बताए ।
नेकपा एमाले अहिले नयाँ नेपाल निर्माणको सपना बोकेर हिडेको बताउदै उनले नवौ महाधिवेसनबाट नयाँ नेपालको सपना साकार पार्ने समेत बताएका थिए ।
नेता पोखरेलले अहिले शुसिल कोईराला नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार गती लिन नसककेकोमा सरकारलाई संकक्रमण कालमा अझ बढि सक्रियता देखाउनको लागि अग्रह गरे ।

0 comments
तपाईंको प्रतिकृया