Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जिप दुर्घटना हुदा ५ जनाको मृत्यु

गुल्मी ७ बैशाख । गुल्मीको दरवारदेवीस्थान गाविस वार्ड नं ८ बेल्पोखरीमा आईतवार जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा १२ जना घाईते भएका छन्  ।
  दरवारदेवीस्थान वाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज २५२९ नम्वरको जिप दुर्घटना हुदाँ ९ बर्र्षिय बिवस  सारु , ,गाडी चालक  २८ बर्षिय महेन्द्र कुँवर र ५० बर्षिय जमुना खत्री,अर्घाखाँची बलकोटकी ४६ बर्षिय सानु मिया र ४० बर्षिय चन्द्रकला सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाईतेहरुको तम्घास अस्पत्तालमा सामान्य उपचार पछि पाल्पाको लुम्विनी मेडिकल प्रवासमा रिफर गरिएको  छ ।  जिप व्याक गर्ने क्रममा सडक वाट ५० मिटर तल झरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया