Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
क्याम्पसको लापरवाहीले परिक्षाबाट वन्चित भएको गुनासो

सुरेन्द्र परियार
मुर्गिया (रुपन्देही ) ८, बैशाख ।
 रुपन्देहीको दुधराक्ष रामापुर स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा बि.एड. तेस्रो बर्षका स्वास्थ्य शिक्ष्ाँ बिषयका बिद्यार्थीहरु परिक्षाको तालिका नै थाहा नहुदा परिक्षा दिनबाट वन्चित भएका छन् ।
त्रिभुवन बिश्व बिद्यालय ( टि.यु.) द्धारा   बि.एड. तस्रो बर्षको स्वास्थ बिषयको परिक्षा पुर्व तालिका अनुसार चैत्र २१ गते हुने भनिएपनि विशेष कारणबश सो बिषयको परिक्षा बैशाख ७ गते सारिएको थियो तर रुटिङ परिबर्तन भएको बारेमा क्याम्पस ले  कुनै  सुचना नै प्रकाशित नगरेपछि बिद्यार्थीहरु ३२ जना बिद्यार्थी मध्ये ३० बिद्यार्थीको परिक्षा छुटेको हो  । २ जना बिद्यार्थी भने परिक्ष्ाँ मा सामेल भएका थिए ।  नया रुटिङबारे कुनै जानकारी नै नभएको र क्याम्पसले पनि सो बारे जानकारी नदिएको बिद्यार्थीको आरोप छ ।
क्याम्पस प्रशाशनको चरम लाहपरबाही भएको भन्दै सोमवार बिरोधस्वरुप  बिद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस प्रशाशन मा अनिश्चित कालिन  तालाबन्दी गरेका छन ।  समस्या प्रति क्याम्पस गभ्भिर नभए सम्म तालाबन्दी नखोलिने बिद्यार्थीहरुले बताएका छन् ।
क्याम्पसमा क्रियासिल अखिल क्रान्तिकारीका अध्यक्ष कमल पौडेल , अनेरास्ववियु का अध्यक्ष  सुदिप पोखरेल र ने वि संघ अध्यक्ष  विष्नुराज जैसीद्धारा आज  संयुक्त रुपमा विज्ञव्ती जारी गर्दै क्याम्पसले गरेको गम्भिर क्रुटि प्रति आपत्ति जनाएका छन् ।   “लाचार प्रशाशनका कारण सवै बिद्यार्थीहरुको भबिष्य माथि खेलवाड भएको मा क्रियाशिल सम्पुर्ण बिद्यार्थी संगठन हरु आन्दोलन मा जान बाध्य भएका  छौ ”   जारी विज्ञप्ती मा उल्लेख गरिएको  छ ।
उता क्याम्पस प्रशाशन ले भने त्रि बि ले ३ महिना अघि  प्रकाशन गरेको परिक्षा रुटिङ  अनुुसार सोही समयमा क्याम्पस को सुचना पाटिमा राखिएकाले क्याम्पस प्रशाशन को कुनै गल्ति नभएको बताएको छ ।
वि.एड . तेस्रो बर्षको स्वास्थ बिषयको परिक्षा पहिलेकै कार्यतालिका अनुसार भएको र अन्य बिषयको परिवर्तन हुदा  बिद्यार्थी  भ्रममा परेपछि यस्तो समस्या आएको क्याम्पसका निमिक्त क्याम्पस प्रमुख हुमकान्त बस्यालले जानकारी दिए  । क्याम्पसका प्रशाशन सहायक मदन थापाले परिक्षा को रुटिङ माघ २९ गते नै क्याम्पसको सुचना पाटीमा प्रकाशन गरिसकिएको बताए ।
 प्रध्यापक प्रेम पौडेलले यस्तो समस्या बिगतका बर्षमा पनि देखिएको बताउउदै क्याम्पस प्रशासन र बिद्यार्थीले गल्ति स्विकार्नुपर्ने बताए ।

0 comments

तपाईंको प्रतिकृया