राजस्व असुलीमा १२० प्रतिशतको वृद्धि
काठमाडौँ, ९ बैशख । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७०÷०७१ चैत महिनासम्मको राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा १२० प्रतिशतको वृद्धि भएको जनाएको छ ।
आव २०७०÷०७१ को चैत महिनासम्मको लक्ष्य रु ९५ अर्ब ९१ करोड २० लाख ४२ हजार रहेकामा रु ९७ अर्ब ५५ करोड ४२ लाख १७ हजार असुली भई लक्ष्यको तुलनामा दोब्बरभन्दा बढीले प्रगति भएको हो ।
शीर्षकगत रूपमा हेर्दा आयकर रु ५४ अर्ब २१ करोड ६१ लाख ५८ हजार, मूल्य अभिवृद्धि कर रु २४ अर्ब ४० करोड ५९ लाख ८३ हजार र अन्तःशुल्क रु १८ अर्ब १७ करोड ९४ लाख ५२ हजार असुली भएको छ ।
सो रकम निर्धारित लक्ष्यको तुलनामा क्रमशः १०१ प्रतिशत, १०४ प्रतिशत र शतप्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु ३६ करोड १८ लाख ९० हजार
९१२२ प्रतिशत० र रु ३९ करोड सात लाख ३४ हजार ९११६ प्रतिशत० असुली भएको विभागले जनाएको छ ।
सो समीक्षामा उल्लेख गरिएअनुसार गत वर्षको तुलनामा आयकरतर्फको वृद्धिदर ११८ प्रतिशत मूल्य अभिवृद्धि करतर्फको वृद्धिदर १२० प्रतिशत, अन्तःशुल्कतर्फ वृद्धिदर १२४ प्रतिशत, स्वास्थ्य सेवा करतर्फको वृद्धिदर १३० प्रतिशत र शिक्षा सेवा शुल्कतर्फको वृद्धिदर १५० प्रतिशत रहेको छ ।
महानिर्देशक टङ्कमणि शर्माले विभागले कर नतिर्ने करदाता तथा व्यवसायीलाई कडाइ गर्न थालेका कारण र स्थानीयस्तरमा आर्थिक क्रियाकलाप बढ्दै गएको हुँदा राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए । रासस

0 comments
तपाईंको प्रतिकृया