Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हाम्रो पक्षमा वहुमत : असन्तुष्ट प्रतिनिधी

बुटवल १७ वैशाख । एमाओवादी रुपन्देहीको चौथो सम्मेलनमा असन्तुष्ट प्रतिनिधीले आफ्नो पक्षमा वहुमत प्रतिनिधी रहेको दावी गरेका छन ।
उनिहरुले कुल प्रतिनिधी ३ सय ७८  मध्ये  दुई सय १३ जना आफ्नो पक्षमा रहेको बताएका हुन । सम्मेलनमा विधि सम्मत नेतृत्व चयन नभएको भन्दै असन्तुष्ट भएका प्रतिनिधीहरुले हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए ।
 दुई दिनको अवधीमा  २ सय १३ जनाको हस्ताक्षर संकलन गरी पार्टीको केन्द्रिय कार्यालयमा वुझाएको संघर्ष समितीका संयोजक उमेश खनालले जानकारी दिए । अधिकांस प्रतिनिधीहरुको विरोधको विच ३८ सदस्यीय जिल्ला कार्य समिती चयन गरीएको थियो । उक्त सम्मेलन अवैधानिक भएको  भन्दै असन्तुष्ट  पक्षले विशेष सम्मेलनको माग गरेका छन ।
 विशेष सम्मेलनको माग गर्दे उनिहरुले पार्टीको केन्द्रिय कार्यालयमा वुधवार हस्ताक्षर पठाएका हुन । हरेक क्षेत्रलाई समेटेर कार्य समिती चयन गरिएकाले आफूह्रको विरोध रहेको अर्का प्रतिनिधी खिम वहादुर विकले बताए । वुधवार साझ पत्रकार सम्मेलन गरी उनिहरुले १६ सदस्यीय राष्ट्यि प्रतिनिधी समेत चयन गरेको जानकारी दिएका छन । वहुमत प्रतिनिधीहरुले राष्ट्यि प्रतिनिधी चयन गरेको भन्दै त्यसले वैद्यानिकता पाउने उनिहरुको भनाई छ ।
राष्ट्यि सम्मेलनको लागी उमेश खनाल,  खिम वहादुर विक, मञ्जु भुसाल, दीपक अधिकारी पुरन यादव सम्शेर मिया, तिलक नेपाल, रामु साहनी, सत्यव्रत ज्ञवाली, श्रीष कु“वर  प्रकाश अधिकारी इश्वरी मरासिनी,  राजेन्द्र धवल  डिल्ली वुढा, रतिमान दमाई र रतन वहादुर वस्ेनतलाई प्रतिनिधी चयन गरिएको खनाललले जानकारी दिए । वहुमत प्रतिनिधीले राष्ट्यि सम्मेलनको लागी प्रतिनिधी चयन गरेकाले आफ्नो निर्णयले मान्यता पाउने उनले दावी गरे ।
 ४ दिन सम्म वुटवलमा चलेको एमाओवादीको चौथो सम्मेलनमा आयोजक समिती निर्वाचन मण्डलले विधी प्रकृयाको अवलम्वन नगरी आफै नाम प्रस्ताव गरी आफै अविर दलेर निर्वाचित भएको घोषणा गरेकाले उक्त कार्यसमिती वैद्यानकि नभएको असन्तुष्ट प्रतिनिधीहरुको भनाई छ । विद्यार्थी नेता समेत रहेका प्रतिनिधी प्रकाश अधिकारीले प्रतिनिधी चयनमा समेत पक्षपात गरेको वताउदै अवैधानिक सम्मेलनको निर्णय मान्न नसकिने बताए ।

0 comments

तपाईंको प्रतिकृया