Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नौमती बाजा सम्मेलनको तयारी

काठमाडौं ११ बैशाख। राष्ट्रिय पञ्चेबाजारनौमतीबाजा लोक संस्कृति सम्मेलन आगामी जेठ २८ र २९ गते हुने भएको छ ।
 नेपाल लोक साँस्कृतिक अनुसन्धान प्रतिष्ठान, जागरण मिडिया सेन्टर, समता फाउन्डेशन, कर्णाली विकास केन्द्र र दलित साहित्य तथा संस्कृति प्रतिष्ठानसहित २१ वटा संस्थाको बिहीबार बसेको संयुक्त बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।
ल्यगmबतष् दबवबराष्ट्रिय सभागृहमा दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पाँचै विकास क्षेत्रका पञ्चेबाजाका राजधून प्रस्तुत गरिनेछ । पञ्चेबाजाको संरक्षणबारे विभिन्न कार्यपत्र प्रस्तुत गरी बहस तथा अन्तरक्रिया पनि गरिने छ ।
उत्कृष्ट पञ्चेबाजालाई पुरस्कार प्रदान गरिने छ । सम्मेलन अवधिभर दलित समुदायका कलाकारले विभिन्न नाच तथा गीतसमेत प्रस्तुत गर्ने जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले जानकारी दिए ।
नेपालका दलित समुदायको सीप, कला, प्रविधि तथा लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । रासस

0 comments

तपाईंको प्रतिकृया