Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गाई काटेको अभियोगमा तिन जना पक्राउ

नविन घिमिरे
दुघराक्ष (रुपन्देही) १० वैशाख । 
 गाई काटेर खाएको अभियोगमा प्रहरीले रुपन्देही जिल्ला गजेडी–३, कुचेराबाट ३ जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डी बाट मंगलवार राति १० बजे गएको गस्ती टोलीले गजेडीको कुचेरा बाट पुर्खा बहादुर रास्कोटी, बसन्त भुजेल र प्यारीराना मगरलाई गाई काटेर खाएको आरोपमा नियन्त्रणमा लिएको हो ।
तिनैजनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।
तिनैजनालाई गौ वध सम्बन्धी मुलुकी ऐन अनुसार कार्यबाही अगाडि बढाउने ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक केशबराज भट्टराईले जानकारी दिए । मुलुकी ऐनमा चौपायाको महलमा गाई तथा गोरु मार्ने माथी जेल सजायको व्यवस्था गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया