Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारद्धारा१६ सचिवलाइ नयाँ जिम्मेवारी

काठमाडौँ, २७ चैत  । सरकारले  १६ सचिवहरुको पदस्थापन तथा सरुवा गर्नुका साथै रिक्त रहेका क्षेत्रहरुमा असार ८ गते आइतबार उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यतो निर्णय गरेको जानकारी प्रवक्ता मिनेन्द्र रिजालले दिएका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, अर्का कांग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले दुईदुई स्थानमा चुनाव जितेपछि छोडेर बाँकी रहेका स्थानहरुमा असार ८ गते चुनाव गर्ने जानकारी सरकारले दिएको हो।

सरकारले  १६ सचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ। शिक्षा मन्त्रालयमा विश्वप्रकाश पण्डित आएका छन् भने गृह मन्त्रालयको जिम्मा सूर्य सिलवालले पाएका छन्। अर्थमा युवराज भुसाल, सूचना तथा सञ्चारमा सुमनप्रसाद शर्मा, सिचाइँ माधव रेग्मी, राष्ट्रिय योजना आयोग डा।सोमलाल सुवेदी, उपराष्ट्रपतिको कार्यालयमा राजकुमार मल्ल, मन्त्रिपरिषद् कार्यालय दुर्गानिधि शर्मा, विज्ञान तथा वातावरण कृष्णचन्द्र पौडेल, सामान्य प्रशासन ज्ञानेन्द्रप्रसाद उपाध्याय, युवा तथा खेलकूद प्रतापकुमार पाठक, भूमिसुधार लोकदर्शन रेग्मी, महालेखा परीक्षकको कार्यालयमा शंकर अधिकारी आएका छन्।

त्यस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नारायण रेग्मी, सतर्कता केन्द्रमा हरिप्रसाद नेपाल र जल तथा ऊर्जा आयोगमा श्रीरञ्जन लाकीले जिम्मेवारी पाएको मन्त्रिपरिषद्का प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया