Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हुम्लामा खाद्यान्न अभाव

हुम्ला १५ वैशाख। नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट दुई महिनादेखि स्थानीय वासिन्दाले खाद्यान्न नपाउँदा भोकमरीको समस्या देखिएको छ ।
हुम्ला जिल्लाको सिमानामा पर्ने चीनको ताक्लाकोटबाट मैदा ल्याइएकाले थुक्पा र रोटी खान बाध्य हुनुपरेको छ । उक्त मैदा गुणस्तरीय नभए पनि २५ केजीको रु चार हजार मूल्य तिरेर जनता खान बाध्य भएका छन् ।
प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले अञ्चल, क्षेत्र, विभाग र मन्त्रालयमा आपूर्तिका लागि पत्राचार गरिसकेको जानकारी दिए । जिल्ला खाद्य व्यवस्था समितिले ३१ हजार ५०० क्विन्टलको आवश्यकता भएको भन्दै संस्थानसँग माग गरेको थियो ।
हुम्लामा खाद्यान्यका लागि ढुवानी खर्चबापत रु १५ करोड विनियोजित गरे पनि बजेट निकासा नहुँदा खाद्यान्न अभाव भएको खाद्य संस्थानले जनाएको छ ।सतह मार्गबाट एक हजार ४१२ र हबाई मार्गबाट ६ हजार २९२ क्विन्टल ढुवानी गर्ने योजना रहेको बताइएको छ । रासस

0 comments

तपाईंको प्रतिकृया