संविधान जारी भएपछि मात्र स्थानिय निकायको निर्वाचन : रायमाझी
बुटवल १२ बैशाख । एकिकृत नेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले संविधान जारी भएपछि मात्र स्थानिय निकायको निर्वाचन गरिनु पर्ने बताएका छन ।
नया संविधान जारी नहुदै निर्वाचन गर्दा ‘ गोरु पछाडी गाडा अगाडी’ हुने बताउदै उनले संविधानलाई प्राथमिकतामा राखिनु पर्ने बताए । एमाओवादी रुपन्देहीको चौथो सम्मेलनको शुक्रवार उद्घाटन गर्दे नेता रायमाझीले भने –‘अहिले नै स्थानिय निकायको निर्वाचन गराउनु पर्छ भन्नु संविधान नवनाउने खेल हो ।’ उनले एक वर्ष भित्र संविधान वनाउने दलहरुको प्रतिवद्धता अनुसार संविधान लेखनमा केन्द्रित हुनु पर्ने बताए ।
अर्काे प्रसंगमा नेता रायमाझीले शान्ति सम्झैता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी द्धन्दको मुद्धाहरुलाई सल्टाईनुको साटो केही राजनितीक दलका नेताहरु डलरवादी एनजिओ आईएन जिओको पछाडी लागेर बादरे चरित्र प्रस्तुत गरेको बताए ।
एमाओवादी नेतृत्व तथा कार्यकर्ताहरु कै कमजोरीका कारण एमाओवादी तेश्रो पाटीमा खुम्चिनु परेको बताउदै उनले अव कमजोरीवाटपाठ सिक्दै अगाडी वढ्नु पर्ने बताए ।
उनले भने ‘हामी नेतामुखी भयौ, जनतामुखी भएनौ त्यसैले हामी खुम्चियो ।’ उनले ‘चिनिया लड्ड मार्च’को उदाहरण दिदै अव नेताहरु फिल्टर हुदै जाने र नेतृत्व चुस्त दुरुस्त हुने दावी गरे । कार्यक्रममा नेता चन्द्र प्रकाश खनाल बलदेवले एमाओवादीको लडाई नसकिएको बताउदै लडाईको मोर्चा अलमलिएको बताए । सम्मेलनको वन्द सत्र सनिवार विहान ८ वजेदेखी शुरु हुने एमाओवादी रुपन्देहीले जनाएको छ । सम्मेलनमा झण्डै ४ सय प्रतिनिधी पर्यवेक्षक सहभागी भएका छन ।

0 comments
तपाईंको प्रतिकृया