महोत्सवको आकर्षण सति घाटु नाच
बुटवल २८ चैत । बुटवलमा जारी मगर राष्ट्रिय सांस्कृतिक महोत्सवमा लोपोन्मुख सति घाटु नाच दर्शकहरुको मुख्य आकर्षण बनेको छ ।
परम्परागत तान्त्रिक विधिद्वारा नाचिने १२ घण्टा लामो सति घाटु नाच यस क्षेत्रमा पहिलोपटक प्रदर्शन गरिएको हो । गुल्मी,बागलुङ,म्याग्दी लगायतका जिल्लाका कलाकारले प्रस्तुत गर्ने अचम्मलाग्दो सति घाटु नाच हेर्न मगरसंगै अन्य समुदायका दर्शक पनि उत्सुकताका साथ महोत्सव स्थलमा पुगेका छन् ।
बुटवलको बालमन्दिरमा संचालन भएको महोत्सवको समाजसेवी माया गर्बुजाले उद्घाटन गरेकी थिर्यन । सति घाटु नाच हेर्न सांझसम्म नै दर्शकको भीड लागेको महोत्सवका संयोजक रोशन गलामी मगरले बताए । पहिलो दिन मात्रै करिब २ हजारले सति घाटु नाच र महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिए । शुक्रबार नै म्याग्दीको थाली नाच पनि प्रदर्शन गरिएको छ भने लोक दोहोरी गायिका पवित्रा घर्ती र हास्य कलाकार निर आले मगरको प्रस्तुति रहेको थियो । देशभर छरिएर रहेका मगर समुदायका संस्कृति र कला एकैथलोमा प्रदर्शन एवं संरक्षण गर्ने उद्देश्यसहित बिहीबारदेखि शुरु भएकोे महोत्सवमा मगर भेषभुषा,संस्कृति र परम्परामा आधारित उत्पादन तथा मगर खानाका परिकारका स्टलहरु रहेका छन् । मगर कला तथा संस्कृति संरक्षण मञ्च नेपालले आयोजना गरेको महोत्सव बैसाख १ गतेसम्म चल्ने छ । शनिबार ५२ जनाले एकैसाथ नृत्य गर्ने मोरङको हुर्रा नाच आकर्षणको रुपमा रहने तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया