माओवादी नेतामाथि षड्यन्त्रको प्रयास :प्रचण्ड
काठमाडौं, २१ चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले माओवादीका नेतालाई अन्तराष्ट्रिय अदालतमा उभ्याउने षड्यन्त्र गरिरहेको दावी गरेका छन् ।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न आनाकानी गरेर द्वन्द्वकालिन मुद्दाहरु हल गर्ने आयोग नबनाएर शान्ति प्रक्रिया र संविधान निर्माण कार्य प्रभावित पार्न खोजिएको बताए । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको १९ औं सम्मेलन उद्घाट्न गर्दे उनले भने–सत्यनिरुपण तथा मेलमिलाप आयोग नवनाएर दुबै माओवादीका नेतालाई अन्तराष्ट्रिय अदालतमा उभ्याउने प्रयास भइरहेको छ ।’
उनले १२ बुँदे सहमति, बृहद शान्ति सम्झौता, अन्तरिम संविधान तथा विगतका सम्झौताहरुको मर्म विपरित अगाडि बढ्न खोजे देश पुनः द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । उनले अदालतले आफूलाई सर्वोसर्वा ठानेर निर्णय गरेको आरोप समेत लगाए ।
एमाओवादी अध्यक्षले जनतालाई बिर्सिएर साम्राज्यवादीहरुसँग उठबस गर्दा पार्टी विग्रिएको स्वीकार गरेका छन् । जनतासँगको सुमधुर सम्बन्ध टुटाएर साम्राज्यवादी र प्रतिक्रियाबादीहरुसँग लहसिदा सिंहको बच्चा भएर पनि एमाओवादी भेडा बनेको उनको तर्क थियो । प्रचण्डले नेपालमा एउटै कम्युनिष्ट केन्द्र हुनु पर्ने आवश्यकता पनि औल्याएका छन् । उनले नेकपा–माओवादी र एमालेसँग मिलेर यस्तै केन्द्र बनाउनु पर्नेतर्फ जोड दिँदै त्यसका लागि प्रयास भइरहेको जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया