रुपन्देहीका ९ गाबिस पूर्ण खोपयुक्त
बुटवल , १४ बैशाख। रुपन्देहीमा ९ गाबिस पूर्ण खोप गाबिस घोषणा भएका छन । खड्वा वनगाई गाबिसलाई आईतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले पूर्ण खोप गाबिस घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेपछि जिल्लामा ९ वटा गाबिस पूर्ण खोप युक्त भएका हुन ।
खड्वा वनगाईलाई पूर्ण खोप युक्त गाबिस घोषणा गर्दै संबिधान सभाका सदस्य समेत रहेका नेता खाँणले पूर्ण खोप अभियानले वालवालिकाको स्वस्थ्य रहने अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
मुलुक संबिधान निर्माणको संघारमा रहेको र जनताका स्वास्थ्य सम्बन्धि अधिकारलाई संबिधानमा सुनिश्चित गराउने आफ्नो दायित्वबाट विचलित नहुने उनले बताए । जनता र मुलुकलाई सम्पन्न गराउनका लागि स्वास्थ्य तथा शिक्षालाई प्राथमिकताका साथ उठान गर्न आफू प्रतिवद्ध भएको नेता खाँणको भनाई छ । संबिधान सभा निर्वाचन पछि मुलुक बिकास निर्माणका काममा समेत सलवलाउन थालेकाले संबिधान निर्माण संगै बिकासले पनि गति लिने उनले दावी गरे । पहिलो संबिधान सभाबाट द्वन्द्व व्यबस्थापन भएको र पछिल्लो संबिधान सभाले लोकतन्त्रको धरातलमा उभिएर सबैलाई अपनत्व हुने गरी संबिधान निर्माण गर्ने दावी गर्दै त्यसबाट कसैलाई पनि विचसिलत नहुन आग्रह गरे ।
जिल्लामा यस अंगाडी शंकरनगर, मोतिपूर, पश्चिम अमुवा, मानपकडी, मधौलिया, गंगोलिया, करहिया र चिल्हीया पूर्ण खोप गाबिस घोषणा भईसकेका छन । त्यस्तै वेदकुईया, मानमटेरीया, टिकुलीगढ, सेमलार, असुरैना, केरवानी, धमौली र आनन्दवन गाबिसलाई पूर्ण खोप गाबिस घोषणाका लागि जिल्ला खोप समन्वय समितीले अनुमति प्रदान गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत ओमप्रकाश पन्थीले जानकारी दिए ।
सरकारले सन २०१६ सम्ममा पूर्ण खोप युक्त मुलुक घोषणा गर्ने अभियान शुरु गरेको छ । जन्मेदेखिका २३ महिना सम्मका वालवालिकालाई आवश्यक पर्ने बिभिन्न ११ वटा रोग प्रपिरोधात्मक खोपहरुबाट वञ्चित नगराउनका लागि सरकारले यस्तो अभियान शुरु गरेको हो । तर रुपन्देहीलाई आगामी २०७२ सालको असार मसान्त सम्ममा पूर्ण खोप जिल्ला घोषणा गर्ने गरी काम अंगाडी बढाईएको खोप अधिकृत पन्थी बताउँछन ।
घोषणा सभामा रुपन्देहीका जनस्वास्थ्य प्रशासक ऋषिप्रसाद लामिछानेले यो अभियान स्वास्थ्य संस्था र जिल्ला खोप समन्वय समितीको मात्र नभएर आम नागरिकको भएकाले सोही अनुसार बुझ्न र अभियानलाई सफल बनाउने गरी लाग्न आग्रह गरे । गाबिसमा ११ देखि २३ महिनाका वालवालिका २ सय ७२ जना रहेको र उनीहरुलाई दिनुपर्ने सबै प्रकारका खोपहरु पुरा भएको बताउँदै गाबिस स्तरीय खोप समन्वय समितीका सदस्य सचिव तथा खड्ग बनगाई स्वास्थ्य चौकिका ईन्चार्ज कबिराज गौतमले पूर्ण खोप युक्त गाबिस घोषणा संगै निरन्तर रुपमा यसको निगरानी गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

0 comments
तपाईंको प्रतिकृया