Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘वन्धक’ बनाएको भन्दै प्रतिनीधी आक्रोसित

प्रतिनीधीलाई कहिले सम्म यसरी कोच्ने ? बुटवलमा ४ दिन देखी जारी एमाओवादी रुपन्देहीको चौथो सम्मेलनको बन्द सत्रमा सहभागी प्रतिनिधीहरु । यो तस्वीर एमाओवादीका एक स्थानिय नेताको फेसबुकबाट लिईएको हो ।
बुटवल १४ वैशाख ।  एकिकृत नेकपा माओवादी रुपन्देहीको सम्मेलनमा प्रतिनिधीहरुले आफूलाई वन्धक वनाएको भन्दै आक्रोस व्यक्त गरेका छन । बुटवलमा जारी चौथो सम्मेलनमा नया नेतृत्व चयनको लागी सहमतीको प्रयास जारी भएको भन्दै प्रतिनिधीहरुलाई अनिर्णयको बन्धक वनाएको सहभागी प्रतिनिधीहरुले बताएका छन ।
 शुक्रवार देखी बुटवलमा शुरु भएको एमाओवादी रुपन्देहीको सम्मेलन पहिलो दिन उद्घाटन शत्र मै सकिएको थियो । दोश्रो दिन आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश भई छलफल पश्चिात पारित भएको थियो । आर्थिक प्रतिवेदन अधुरो भएको भन्दै सहभागी प्रतिनिधी पर्यवेक्षकहरुले आपत्ति जनाएपछि पुरा गरर ल्याउने प्रतिवद्धता जनाएका थिए ।
 जिल्ला सम्मेलन आयोजक समितीका संयोजक तथा केन्दिय सदस्य वामदेव क्षेत्रीले आर्थिक  प्रतिवेदन तथा राजनैतिक प्रतिवेदन पेश गरेका थिए । दुई महिनाको मात्र आर्थिक प्रतिवेदन पेश भएको त्यो पनि अस्पष्ट भएको भन्दै प्रतिनीधहरुले आक्रोस व्यक्त  गरेका हुन । एमाओवादीमा आर्थिक पारदर्शिताको विषय सधै चर्चामा आउने गर्छ । संगठित पार्टी सदस्यवाट उठाएको लेवी , चन्दा तथा प्राप्त सहयोगवापतको आम्दानी पारदर्शी नभएको कुरा वेला –वेलामा उठ्ने गरेको छ । हुन त एमाओवादी रुपन्देहीको सम्मेलन शुरु हुनु अघि नै विवादमा परेको थियो । प्रतिनिधी चयनमा नातवाद र परिवारवादी हावी भएको तथा विचार समुहको आधारमा पार्टीका योगदान दिएकाहरु पनि  प्रनिनिधीमा चयनमा नपरेको गुनासो सतहमा आएको थियो । जिल्ला सम्मेलनमा भाग लिनको लागी नगरपालिकाका वडा तथा गाविस सम्मेलनवाट चुनिएर आउनु पर्ने प्रावधान राखिएको थियो । तर निर्वाचन प्रकृया भने अपनाईएन । शंकरनगर गाविसवाट प्रतिनिधी नै चयन गरिएन । पार्टीमा भएको आर्थिक अनियमिताछानविन गर्न नखोजेको भन्दै पार्टी सदस्यता नविकरण समेत नगरेको श्रोतको भनाई छ ।  सम्मेलन समेत गराउन नसकेकाले पार्टीलाई ठूलो धक्का लागेको त्यहाका एमाओवादी कार्यकर्ताहरु बताउछन ।
सहमतीवाट चुन्ने भन्दै नेताहरुले आफ्नाहरुलाई मात्र चयन गरेको पर्राेहा गाविसका एक माओवादी स्थानिय नेताले बताए । उनका अनुसार नेताका आसेपासे र चाकडी चाप्लुसी गर्ने कार्यकर्ताहरु नेताका प्राथमिकतामा परि प्रतिनिधी भएर सम्मेलनमा सहभागी भएका छन । नेताका पहुचमा नभएका तर ‘जनयुद्धकालिन अवस्थामा महत्वपुर्ण भुमिका निर्वाह गरेकाहरुलाई समेत प्रतिनिधीमा चयन नगरेको कार्यकर्ताको गुनासो त छदैछ प्रतिनिधी भएर सम्मेलनमा भाग लिएकाहरुको पनि कम्ता गुनासो छैन । प्रतिननिधीहरुलाई विश्वहिन्दु महासंघको साघुरो सभाहलमा गर्मीका कोचाकोच राखिएको छ ,रातको  आवास तथा खाद्यान्नको समेत व्यवस्था गरिएको छैन । आईतवार दिनभर सहमतीको प्रयासको नाममा प्रतिनिधीहरुलाई  हलमा कोचेर राखिएको थियो । हल भित्रको खचाखच वसाई र गर्मिले अतालिदै बाहिर आईपुगेकी देवदह गाविसबाट प्रतिनिधीत्व गरेकी महिला एक प्रतिनिधी भन्दै थिईन– नेताहरुले पार्टीलाई त वर्वाद पारे ,हामीलाई अनिणर्यको वन्दी वनाए ।’ उनले सहमतीवाट नेतृत्व चयन गर्न  नसकिए प्रक्रियालाई अवलम्वन गर्न ढिलाई गर्न नहुने बताईन । आयोजक समितीले सम्मेलन व्यवस्थापन गर्न नसकेको जनाउदै २५ प्रतिशत भन्दा वढि प्रतिनिधीहरु आईतवार सम्मेलन छाडेर घरतर्फ लागेका छन । जिल्लाका विभिन्न गाविस र नगरपालिकावाट ३८० प्रतिनिधी चयन भएका थिए ।
श्रोतका अनुसार सहमतीको नाममा सम्मेलन धेरै दिन लम्वाएर आफू अनुकुल नेतृत्व चयन गर्ने रणनितीमा केही नेताहरु लागेका छन । आईतवार सहमतीमा कार्य समिती सदस्यहरुको नामावली प्रस्तुत गरिने प्रतिनिधीहरुले अपेक्षा गरेका थिए । तर त्यो अपेक्षा पुरा भएन । दिनभरी  हलमा वन्धक वनाएर राखेको भन्दै आक्रोसित भएका प्रतिनिधीरुलाई सम्हाल्न आयोजकलाई धौ धौ समेत भएको सहभागी एक प्रतिनिधीले जानकारी दिए । सोमवार दिउसो समेत नेतृत्वको लागी सहमती जटेको छैन ।

0 comments

तपाईंको प्रतिकृया