Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सकियो एमाओवादी सम्मेलन

पदाधीकारी चयन हुन सकेन
बुुटवल १५ बैशाख । एमाओवादी रुपन्देहीको सम्मेलनले कार्यसमिती चयन गरेको छ । सोमवार सम्पन्न चौथो जिल्ला सम्मेलनले ३८ सदस्यीय जिल्ला समिती सर्वसम्मत रुपमा चयन भएको हो ।
 सहमतीमा नेतृत्व चयन गर्ने भन्दै सम्मेलन ४ दिन सम्म लम्विएको थियो । सम्मेलनले जिल्लावाट प्रतिनिधीत्व गर्ने केन्द्रिय सदस्यहरु, केन्दिय सल्लाहकारहरु तथा क्षेत्रिय इन्चार्जलाई महाधिवेशन प्रतिनिधीमा चयन गरेको छ ।  सम्मेलनको लागी ३ सय ८० प्रतिनिधी चयन भएका थिए । ति मध्येवाट समितिमा ३८ जना चयन भएका हुन ।
३८ सदस्यहरुको पहिलो वैठकले पदाधीकारी चयन गर्न सकेन ।   सम्मेलन सकिए लगत्तै पहिलो वैठक वसेको थियो । वैठकले पदाधीकारी चयन गर्न नसकेको हो ।   अन्य १३ जना सदस्य थपगरी कुल ५१ सदस्यीय जिल्ला कार्य समिती हुने छ ।  सोमवार सर्वसहमतीवाट आएको प्यानल भन्दै ३८ सदस्यीय नाम प्रस्ताव गरिएको थियो ।
त्यसलाई केहीले विरोध गर्दे उमेश खनालको नेतृत्वमा समानान्तर समिती घोषणा गरेका थिए । तर निर्वाचन समितीले सहमतीवाट ल्याएको ३८ सदस्यीय नाम प्रस्तावलाई वैद्यानिकता दिएको छ । निर्वाचन समितीका सदस्य तथा आयोजक समितीका सदस्य लिलाधर मरासिनीले केहीले विरोध गरेपछि वहुमतवाट नेतृत्व चयन भएको जानकारी दिए ।
उनले भने ‘सवै नेतृत्वमा आउन सम्भव थिएन केहीको विरोध थियो ।’ उनले  सर्वसम्मतवाट आएको नामावलीलाई निर्वाचन समितीले वैद्यानिकता दिएको जानकारी दिए । असन्तुष्ट प्रतिनिधीहरुले सम्मेलन स्थलका केही कुर्सी माईक तोडफोड समेत गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया