Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
समितिको सभापतिहरुमा सर्वसम्मत

काठमाडौं १२ बैशाख। संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिमा एमाओवादी नेता डा. बाबुराम भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।
खम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राईले उम्मेदवारी फिर्ता लिएपछि भट्टराइ सर्वसम्मत भएका हुन् ।
यस्तै संविधान मस्यौदा समितिको सभापतिमा कृष्ण सिटौला, अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापतिमा विष्णु पौडेल, क्षमता अभिबृद्धि समितिको सभापतिमा लक्ष्मी चौधरी र नागरिक सम्वन्ध समितिको सभापतिमा प्रमिला राना निर्वारोध निर्वाचित भएका छन् । नवनिर्वाचित सभापतिहरुको सपथ शनिबार ११ बजे तय भएको छ ।

0 comments

तपाईंको प्रतिकृया