बस र ट्रक ठोक्किँदा अर्घाखाँचीमा आठजनाको मृत्यु
अर्घाखाँची १७ बैशाख । वस र ट्रक एकआपसमा ठोक्किँदा वसमा सवार ८ जना यात्रुको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे १ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनीट्रक एक आपसमा ठोक्किँदा वसमा सवार ८ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मिनीट्रक र बस अर्घाखाँचीको नरपानी गाविस ५ मा एकआपसमा ठोक्किँदा वसमा सवार ८ जनाको मृत्यु भएको हो । एक आपसमा ठोक्किएपछि बस र ट्रक सडकबाट एक सय मिटर तल खसेको स्थानियले जानकारी दिए । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धीखर्कमा पठाएको बताईएको छ ।

0 comments
तपाईंको प्रतिकृया