चौतारी र क्रान्तिकारीवीच तालमेल
काठमाडौं १० बैशाख। नेपाल पत्रकार महासंघको महाधिवेशनमा प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघवीच आपसी तालमेल गर्ने सहमति भएको छ ।
नेपाल पत्रकार महासंघको इतिहासमा अहिलेसम्म वामपन्थी पत्रकारहरुबीच नै तालमेल हुँदै आएको छ । गत महाधिवेशनमा वाम गठबन्धनले जित हासिल गरेको थियो ।
मंगलबार रातिसम्म काठमाडौंको बागबजारमा भएको दुईपक्षीय छलफलमा प्रेस चौतारीबाट केन्द्रीय अध्यक्षका उम्मेद्वार महेन्द्र विष्टलाई क्रान्तिकारी पत्रकार संघले सघाउन सहमत भएको छ ।
त्यसैगरी केन्द्रीय उपाध्यक्षमा क्रान्तिकारीका उम्मेद्वार खिलबहादुर भण्डारी र महासचिवमा उजिर मगरलाई चौतारीले सघाउने भएको छ । मगरले आदिवासी जनजाति पत्रकारको समेत समर्थन पाउने दाबी क्रान्तिकारी पत्रकार संघको छ ।
चौतारी र क्रान्तिकारीवीच भएको छलफलमा एकजना सचिवसमेत क्रान्तिकारीलाई दिने सहमति भएको स्रोतले बतायो । क्रान्तिकारी पत्रकार संघले पत्रकार संगीता खड्कालाई सचिवमा उम्मेद्वार प्रस्ताव गरेको छ ।

महासंघको अधिवेशन आगामी बैशाख २१ र २१ गते काठमाडौंमा हुदैछ ।
नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनले अध्यक्षमा पोषण केसीको नाम घोषणा गरिसकेको छ । युनियनका तर्फबाट महासचिवमा जगत नेपाल वा रामजी दाहालमध्ये एक उठ्ने बताइएको छ ।

0 comments
तपाईंको प्रतिकृया