Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गुगलले ल्यायो चश्मा

गुगलले अत्याधुनिक चश्मा ‘गुगल ग्लास’  १५ अप्रिलदेखी बजारमा ल्याएको  छ । १८ वर्ष वा सोभन्दा माथि उमेर भएकाले मात्र यो चश्मा किन्न सक्ने छन् ।

नययनभि(नबिककगुगलका अनुसार यसका लागि अनलाइन फर्म भर्नुुपर्छ, जहाँ उसको क्षमताको जाँच हुनेछ । गुगल ग्लास पहिले आउनेले पहिले पाउनेछ । यसको मूल्य १ हजार ५ सय अमेरिकी डलर अर्थात करिव डेढ लाख रुपैयाँ पर्नेछ ।

यसअघि २०१३ मा गुगलले ८ हजारमा ‘गुगल ग्यास’ बचेको थियो । अब उसले परीक्षणका लागि थप मानिसहरुलाई बेच्न लागेको हो । साथै उसले छिट्टै आधिकारीक रुपमा बजारमा विक्रीमा ल्याउने तयारी गरेको छ ।

यो चश्मा लगाउनेको आँखाको इशारामा तस्वीर खिच्नुका साथै स्मार्ट फोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्राविधिक काम गर्न सकिनेछ ।

यसको प्रयोग तस्वीर पठाउन र समाजिक सञ्जालमा पनि हुनेछ । यसमा रहेको वायर कमाण्ड र रेकर्डिङको सुविधाले यो उपकरणलाई नियन्त्रण गर्न सकिन्छ । यसमा स्काइप भिडियो च्याटका साथै मौसमसम्वन्धी जानकारी र नक्साको माध्यमबाट बाटो बताउने सुविधा पनि छ ।

0 comments

तपाईंको प्रतिकृया