Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
श्रेष्ठ टेलरिङ सेन्टर आठौ वर्षमा प्रवेश

बुटवल ६ वैशाख ।  बुटवल–८, नेपालगञ्ज रोड स्थित श्रेष्ठ टेलरिङ सेन्टर आठौ वर्षमा प्रवेश गरेको छ ।  विगत ७ वर्ष देखी ग्राहकको चाहना र आवश्यकतालाई मध्यनजर गरी स्तरीय कपडा र गुणस्तरीय सिलाई सेवा प्रदान गर्दै आइरहेको उक्त टेलरिङ सेन्टर आईतवार देखी आठौ वर्षमा प्रवेश गरेको हो ।
आठौ वर्ष गा“ठको अवसरमा श्रेष्ठ टेलरिङ सेन्टरले समयको आवश्यकता र ग्राहकको चाहना मध्यनजर गर्देै ग्राहकलाई अझै सुविधा उपलव्ध गराउने जनाएको छ । केही महिना अघि मात्र उक्त टेलरिङ सेन्टरले सेवा विस्तार गरेको थियो ।
 टेलरिङ सेन्टरद्धारा जारी विज्ञप्तीमा भनिएको छ – ‘ग्राहक वर्गले देखाउनु भएको सद्भाव, माया, ममता, विश्वासले हामी यस घडी सम्म आईपुग्न सफल भएका हांै । अनवरत रुपमा तपाईहरुको सेवामा प्रतिवद्ध भई स्तरीय सिलाई र गुणस्तरीय कपडा उपलव्ध गराउदै आईरहेको सन्दर्भमा ८ औ वर्षगाठ मनाईरहदा यसको श्रेय तपाईहरु नै हुनुहुन्छ ।’  सेन्टरले भावि दिनहरुमा पनि विगतका दिनहरुमा जस्तै साथ, सहयोग, सद्भावको अपेक्षा गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया