Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
स्थायी नविकरण गर्न माग

बुटवल ३ बैशाख । प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटी) सम्बद्ध प्राबिधिक क्याम्पसहरुलाई स्थायी नविकरण गर्न फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सले माग गरेको छ ।
सिटीईभिटीले एक क्षेत्रमा ३ वटालाई मात्र स्थायी नविकरण प्रदान गर्ने निर्णय गरेकोमा मापदण्ड पुरा गरेका क्याम्पसहरुलाई वार्षिक रुपमा नविकरण गरिरहेने झण्झटको अन्त्य गर्नका लागि स्थायी नविकरणको माग गरेको हो । त्यस्ता क्याम्पसहरुले प्रत्येक वर्ष सिटिईभिटीमा नविकरण गर्नुपर्ने प्रावधान छ । नविकरण गर्दा बिभिन्न खाले झण्झट भएको र आर्थिक चलखेल समेत हुन सक्ने भन्दै नविकरण स्थायी गर्न माग गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष यमप्रसाद अधिकारीले बताए ।
फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सेसको बुधबार रुपन्देहीको लुम्बिनीमा बसेको केन्द्रीय समितीको बैठकले शैक्षिक शुल्क समयानुकुल बनाउन पनि माग गरेको छ । ३ वर्ष अंगाडी सिटिईभिटीले तोकेको शुल्कमा पठन पाठन हुँदै आएपनि शैशिक क्रियापकलापका लागि आवश्यक बस्तु तथा प्रबिधीमा अत्यधिक मुल्य बृद्धि हुँदा लगानी जोखिममा रहेको र शैक्षिक गुणस्तर समेत कायम हुन नसक्ने संस्थाका महासचिव शुनिल चालिसेले बताए ।
बैठकले सिटिईभिटी समक्ष राखिएका बिभिन्न खाले मागहरुलाई कार्यान्वयन गराउन समेत माग गरिएको बैठक पछि जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
संस्थाले नविकरण गर्दा फोरमको सिफारिस अनिवार्य हुनु पर्ने, बिद्यार्थी संख्या बढाउनु पर्ने, प्रायोजित कोटा पुन राख्नुपर्ने जस्ता मागहरु सिटिईभिटीमा राखीएको लुम्बिनी क्षेत्रका क्षेत्रीय अध्यक्ष गोबिन्द खनालले जानकारी दिए ।
 उनले राष्ट्रिय रुपमा सबैका एकैखाले समस्या रहेपनि स्थानीय स्तरमा फरक फरक प्रकृतिका समस्याले पनि कलेज सञ्चालनमा समस्या सिर्जना गरेको बताए । प्रयोगात्मक कक्षाका लागि अस्पतालले अत्यधिक शुल्क लिने, छोटो समयमा शुल्क बृद्धि गर्ने, बिभिन्न संगठनहरुबाट बिभिन्न बहानामा कलेज बन्द गराउने प्रबृत्तिले संस्था सञ्चालनका लागि समस्या सिर्जना हुने गरेको उनको भनाई छ । प्राबिधिक शिक्षालाई सर्ब सुलभ बनाउन तथा सबैको पहुँचमा पु¥याउनका लागि पनि संस्थाले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बैठकले निष्कर्ष निकालेको फोरमका केन्द्रीय उपाध्यक्ष चिरञ्जिवी जोशीले बताए ।

0 comments

तपाईंको प्रतिकृया