Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फुलवारीलाई वोटानिबल गार्डेनको रुपमा विकास गरिने

बुटवल ३० चैत । पर्यटकिय गन्तव्यको रुपमा विकसित हुदै गएको वुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) लाई वोटानिबल गार्डेनको रुपमा विकास गरिने भएको छ । जैविक संरक्षण गरी उक्त उद्यानलाई अझै व्यवस्थित गराउन योजनावद्ध रुपमा लागिएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितीले जनाएको छ । आईतवार भएको समितिको ८ औ साधारणसभामा अध्यक्ष मोतीराज ज्ञवालीले उद्यानलाई अन्तराष्ट्यि मापदण्ड पुरा गरी आई एस ओ प्रमाणपत्र लिने उदेश्यको साथ कार्य अघि बढाईएको जानकारी दिए । उनका अनुसार पार्कमा मिनी रेल सेवा, संग्राहलय,आधुनिक होटल र स्वीमिङ पुल बनाईने छ ।
त्यसै गरी अत्याधुनिक फुलको घडी एक्युरियम निर्माण गरिने र मन्दिरलाई व्यवस्थीत गरिन लागेको समितिले जनाएको छ । वि सं २०५४ सालमा स्थापना भएको उक्त पार्क अवलोकनका लागी आउने आन्तरीक तथा वाहय पर्यटनको संख्या वर्षेनी बढिरहेको समितीका उपाध्यक्ष मनोज रानाले जानकारी दिए । २०७० साउन देखी चैत्र सम्म १ लाख ७६ हजार १ सय ४४ जना आन्तरीक, ९ हजार ५ सय ९५ जना सार्क मुलुकका तथा ७० जना तेश्रो मुलुकका पर्यटकले उदानको अवलोकन गरेका छन ।

0 comments

तपाईंको प्रतिकृया