बाचा पुरा गर्नुपर्ने दायित्व आयो : देउवा
भैरहवा २० चैत । नेपाली का“ग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले जनता समक्ष जसरीपनि संविधान बनाउने बाचा नेपाली का“ग्रेसले दिएकाले त्यो, बाचा पुरा गर्नुपर्ने दायित्व आएको बताएका छन ।
नेपाली का“ग्रेसको तिन दिने लुम्बिनी अंचल स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको विहिवार भैरहवामा उद्घाटन गर्दै नेता देउवाले संविधान बनाउनकालागि बहुमत नभएकाले सवै पार्टीको सहमती जुटाउनु पर्ने बाध्यता भएको र त्यसको पहल नेपाली का“ग्रेसले गर्ने बताए ।
पार्टीमा सन्तुलन मिलाउन नसके बिभाजन र कम्जोर हुने भएकाले सन्तुलन मिलाएर लैजानु पर्छ भन्ने मान्यतामा आफु रहेको जनाउदै देउवाले पार्टीमा सानातिना मत मतान्तर रहेपनि एकता कायमै रहेकाले पार्टीको बिभाजनका कुरामा नअल्मलिन कार्यकार्तालाई गरे । पार्टीमा एकता भएकै कारण नेपाली का“ग्रेस अहिलेको चुनावमा ठुलो पार्टी बन्न पुगेको उनको दावी थियो ।
बिगतमा गिरीजा प्रसाद कोईरालासंग कुरा नमिलेका कारण पार्टी बिभाजन भएको प्रशङ्ग निकाल्दै देउवाले माओवादी र मधेश आन्दोलनका वेला नेपाली का“ग्रेसका नेता र कार्यकर्ता गा“उगा“उमा पस्न नसकेपछि गिरीजाले नै आ“फुलाई बोलाएर एकता गर्न भनेपछि पार्टी एकिकरण भएको बताए ।
देउवा भन्दा अघि बोल्ने झण्डै एक दर्जन पार्टीका सकृय कार्यकर्ता तथा नेताले नेपाली का“ग्रेसमा नेता बिच मतमतान्तर, मनमुटाव, गुटबन्दी रहेको र समानुपातीक सभाषद्को छनौटमा ६०–४० को भागबण्डा भएको आरोप लगाएका थिए । नेपाली का“ग्रेसका अर्का बरिष्ठ नेता रामचन्द्र पौडेल समेतले पार्टीमा गुटबन्दीले पश्रय पाएको र माथिबाटै गुटबन्दी हुने गरेको बताए । नेता पौडेलले विवेकपुर्ण ढंगले पार्टी संचालन गरिनु पर्ने र नेपाली का“ग्रेसलाई अव एकताको खा“चो औल्याए ।

0 comments
तपाईंको प्रतिकृया